२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नेकपा: न जुट्न सक्ने, न फुट्न सक्ने; धेरै दिनपछि ओली-प्रचण्ड भेट



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेट भएको छ ।

पार्टीभित्रको अन्तरविरोध गत असार १६ गतेपछि चरमोत्कर्षमा रहेको बेलामा दुई अध्यक्षबीच भेट भएको हो ।

दुईजनाबीच लामो समयदेखि औपचारिक सम्वाद भएको थिएन । यद्यपी, टेलिफोनमा भने कुराकानी भैरहेको स्रोतले बताएको छ ।

अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

आजको भेटमा पार्टीभित्र रहेको सम्वादहिनताको अवस्थालाई अन्त्य गर्दै बैठक सुचारू गर्नेबारेमा छलफल भएको बताइएको छ ।

गत असार १० गतेबाट सुरू भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ गतेबाट चरम विवाद सुरू भएको थियो ।

अध्यक्ष प्रचण्डसहित प्रचण्ड-नेपाल पक्षका नेताहरूले प्रधानमन्त्री र अध्यक्षपदबाट ओलीको राजिनामा मागेपछि बैठक भाँडिएको थियो । त्यसपछि बारम्बार बैठक बस्ने मिति तय भएपनि अवरूद्ध हुँदै आएको छ ।

गत साउन १३ गते बोलाइएको बैठक ओलीले एकपक्षीय रूपमा स्थगित गरेपछि त पार्टीभित्रको भाँडभैलो झन
झाङ्गिएको थियो ।

यसबीचमा पार्टी बैठक बस्न नसकेपनि दुई समुहका बैठकहरू भने निरन्तर बसिरहेका छन् ।

ओली समुहले मदन भण्डारी फाउन्डेशनका नाममा तल्लो तहका कार्यकर्तासम्म भेला गरिरहेको छ । यस्तै, प्रचण्ड-नेपाल समुहले पनि प्रदेशस्तरका केन्द्रीय नेताहरूसम्म छलफललाई अघि बढाएका छन् ।

यतिबेला नेकपाका शिर्ष नेताहरू न त फुट्न सक्ने, न त मिल्नसक्ने अवस्थामा रहेका छन् ।

पार्टीमा फुट र विभाजनकारी सोचविरूद्ध एकता पक्षधर नेता, कार्यकर्ता र सांसदहरूको दबाब बढ्दै गएपछि दुबै पक्षका नेताहरू अलमलमा परेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ११ : ५६ बजे

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र