३२ असार २०८३, बिहिबार | July 16, 2026

पूर्वी नवलपरासीमा भदौ ६ सम्म आंशिक लकडाउन, कावासोती नगरक्षेत्रमा अत्यावश्यकबाहेका गतिविधिमा रोक



कावासोती । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नवलपरासी पूर्वको सदरमुकाम कावासोती भदौ ६ गतेसम्म लकडाउन गरिएको छ ।

कावासोती नगरपालिकाले बिहीबार विज्ञप्ति जारी गर्दै आजै दिउँसोदेखि भदौ ६ गतेसम्म नगरक्षेत्रमा अत्यावश्यक बाहेका सबै गतिविधिमा रोक लगाएको छ ।

नगरपालिकाले स्वास्थ्य सेवा बाहेकका सबै सरकारी, गैरसरकारी निजी सेवा बन्द गर्न निर्देशन दिएको छ ।

सबै सरकारी, अर्धसरकारी, होटल रेस्टुरेन्ट र अत्याबश्यक बाहेकका अन्य सबै ब्यबसाय बन्द गर्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

मानिसहरुलाई अनाबश्यक हिँडडुल गर्न समेत बन्देज गरिएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) समेत बिहीबारै विज्ञप्ति जारी गर्दै जिल्लामा भदौ ६ गतेसम्म अत्यावश्यक बाहेकका अन्य काम नगर्न आग्रह गरेको छ ।

प्रशासनले जिल्लाभरका सबै कार्यालयहरूमा जनशक्ति घटाउन, घरमै कर्मचारी राखेर विद्युतीयमाध्यमबाट सेवा दिन आग्रह गरेको छ ।

यस्तै, राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको छ भने सवारी पास वितरणमा समेत रोक लागेको छ ।

 

 

 

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  २ : ५७ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही