४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमित बढेपछि भरतपुर महानगर क्षेत्रमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा घोषणा



चितवन । कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेपछि भरतपुर महानगरपालिकामा शनिबारदेखि निषेधाज्ञा लाग्ने भएको छ ।

शुक्रबार भरतपुर महानगरपालिकामा भएको छलफलपछि शुक्रबार राति १२ बजेदेखि महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

छलफलमा नगरप्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरुबीच सहभागी भएका थिए ।
तत्कालका लागि एक सातासम्मको निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा संचालनमा रोक लगाइने भएको छ ।

अध्यावश्यक सेवा प्रयोगकर्ताले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निषेधाज्ञा जारी भएसँगै महानगर क्षेत्रभित्र सार्वजनिक यातायातमा पुरै रोक लगाइएने छ । यस्तै, उद्योगधन्दा तथा कलकारखानाहरू सञ्चालनमा समेत कडाई गर्दै कारखानाभित्रै बसोबास गर्ने मजदुर कर्मचारीले मात्र काम गर्न अनुमति दिइने भएको छ ।

निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने सीडीओ भट्टराईले बताए ।

चितवनमा सबैभन्दा बढी कोरोना संक्रमित भरतपुर महानगरपालिका भित्रै भेटिएका छन् । भरतपुर महानगरभित्र कोरोना भाइरस समुदायस्तरमै फैलिएको स्वास्थ्य विज्ञहरुले बताएका छन् । बिहीबार साँझ मात्रै भरतपुरमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको