५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एनआईसी एशियाको खुद नाफा ३ अर्ब १४ करोड १४ लाख रुपैयाँ



काठमाडौं । एनआइसी एशिया बैंकले गत आव २०७६/७७ मा ३ अर्ब १२ करोड १४ लाख रुपैयाँँ खुद नाफा कमाएको छ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ३ अर्ब बढी नाफा कमाएको जानकारी गराएको हो ।

खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा कम वाणिज्य बैंकहरू मध्ये आफ्नो बैंकले ३ प्रतिशत अर्थात ९ दशमलव ८ करोडको वृद्धि सहित ३ अर्ब १२ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको एनआईसी एशिया बैंकले जनाएको छ ।

बैंकले यस्तो नाफा अघिल्लो आव २०७५/७६ मा ३ अर्ब २ करोड ३२ लाख कमाएको थियो। बैंकको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३ दशमलव २५ प्रतिशत बढेको छ।

बैंकको आ.व. २०७६÷७७ मा कुल कर्जामा बजार अंश ६.५० प्रतिशत रहेको छ भने चौथो त्रयमाससम्ममा कर्जातर्फ रू. २३ अर्बले वृद्धि गरी कुल कर्जा रकम १ खर्ब ७४ अर्ब पुगेको छ ।

जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.५९ प्रतिशत रहेको एनआईसी एशिया बैंकले जनाएको छ ।

खुद ब्याज आम्दानी बढेसँगै बैंकको नाफा पनि स्वतः बढेको हो । अघिल्लो आवमा ६ अर्ब ९६ करोड कमाएको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा ७ अर्ब ६० करोड कमाएको छ। बैंकको संचालन आम्दानी भने अघिल्लो आर्थिक वर्षको तुलनामा १ प्रतिशत घटेको छ।

बैंकको गत आर्थिक वर्षसम्म निक्षेप संकलन र कर्जा सापटी दुवै बढेको छ । बैंकले समीक्षा अवधिमा २ खर्ब १ अर्ब ६३ करोड निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ। बैंकको वितरण गर्न सक्ने नाफा १ अर्ब ४४ करोड रहेको छ।

गत आवसम्म बैंकको चुक्ता पुँजी १० प्रतिशत बढेर ९ अर्ब ७१ करोड पुगेको छ।

बैंकले अघिल्लो आवको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेपछि पुँजी बढेको हो। गत आवसम्म बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड ४१ लाख रुपैया संचित छ।

अघिल्लो आवमा शून्य दशमलव ४६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर शून्य दशमलव ७५ प्रतिशत पुगेको छ। यसले बैंकको खराब कर्जा बढेको बुझाउँछ। बैंकको प्रतिसेयर आम्दानी गत आवमा ३२ रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ७७ दशमलव ३६ पैसा छ।

मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् एनआईसी एशिया बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकका २२ लाख भन्दा बढी ग्राहक रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : ४७ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत