५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपाल टेलिकमको आम्दानीमा ६ दशमलव २ प्रतिशतको संकुचन ! के हो कारण ?



काठमाडौं । गत आर्थिक वर्षमा नेपाल टेलिकमको नाफा ६ दशलव २ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको चौंथो त्रैमासिक सम्मको कुल सेवा वापतको आय ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधीसम्मको कूल सेवा वापतको आय ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रुपैयाँमा खुम्चिएको छ ।

नेपाल टेलिकमले चौंथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्दै विभिन्न कारणले आफ्नो मुनाफा घटेको जनाएको छ । टेलिकमका सेवाहरु लिज्डलाइन, एफटीटीएच र जीएसएमबाहेक अन्यसेवाबाट प्राप्त हुने राजश्वमा कमी आएको टेलिकमले जनाएको छ ।

यस्तै, विश्वव्यापी कोरोनाभाइरसका कारण पनि सेवा प्रयोगमा उच्च गिरावट आएको टेलिकमले जनाएको छ । जसका कारण दुई अर्ब २९ करोड २८ लाख रुपैयाँ न्यून हुन गएको टेलिकमको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, कम्पनीको रिचार्ज कार्ड विक्रिमा कमिशनको सट्टामा डिस्काउन्ट गणना गर्दा सेवा वापतको आय घटेको जनाएको छ ।

यस्तै, फोज जी सेवा विस्तारबाट २०७६/७७ को तेस्रो त्रैमासक अवधीमा राजश्व वृद्धिउन्मुख रहेपनि कोरोना महामारीका कारण अन्तराष्ट्रिय रोमिङ लगायत अन्य सेवामाआएको उच्च गिरावट, OTT को प्रयोग जस्ता कारणले पनि राजस्व घट्न पुगेको टेलिकमको विश्लेषण रहेको छ ।
यसैगरी, लकडाउनको समयमा ग्राहकलाई सुविधा दिन राखिएका टपअप बोनस, मोवाइल डाटामा दिइएको छुट आदिकाकारणले पनि राजस्व घटेको टेलिकमको निस्कर्ष रहेको छ ।

बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, विजुलीमा भएको खर्चमा वृद्धि, कर्मचारीको तबल वृद्धि, कर्मचारीलाई उपलब्ध गराइएको ऋण आदिका कारण समेत व्ययभार बढि कम्पनीको मुनाफामा कमी आएको टेलिकमले जनाएको छ ।

यसबीचमा सरकारका विभिन्न निकायहरु एवं नेपाल दुरसंचार प्राधिकरणको अनुरोधमा कम्पनीले विभिन्न निःशुल्क सेवा दिएको र सरकारको राहत कोषमा सामाजिक उत्तरदायित्व अन्तर्गत १० करोड जम्मा गरेको पनि नेपाल टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : ५० बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले