१३ असार २०८३, शनिबार | June 28, 2026

नेकपा भित्रको सत्तासंघर्षमा युद्धविराम, विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिउको छ ।

पार्टीका शिर्ष नेतृत्व तहबीच बढेको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजनकत्वमा कार्यदल गठन भएको हो ।

शुक्रबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा कार्यदल गठन गर्ने सहमति भएको हो ।

कार्यदलमा जनार्दन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल र पम्फा भूषाल रहेका छन् । जसमध्ये ओली समर्थनक दुई जना, प्रचण्ड समर्थक दुई जना र नेपाल समर्थक दुई जना नेताहरु रहेका छन् ।

पार्टीमा अहिले देखिएको विवाद समाधान गर्ने गरी कार्यदलले काम गर्ने दुई अध्यक्षबीच सहमति भएको छ । कर्यादललाई पार्टीभित्रको समस्या समाधानका लागि यथाशिघ्र सुझाव दिन भनिएको छ ।

कार्यदल गठनसँगै नेकपाभित्रको शिर्ष नेतृत्वबीच युद्धबिराम भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति एपी वान टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भदौ १ गतेसम्म पार्टीभित्रको समस्या समाधान हुने दाबी गरेका थिए । ओली र प्रचण्डबीच बिहीबार ३ घण्टा छलफल भएको थियो ।

गत असार १६ गतेदेखि देखिएको भाँडभैलोमा कार्यदल गठनगरेसँगै अस्थायी बिराम लागेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  २ : ०८ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट