४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीको कोरोना ग्राफ उकालो चढ्दै, बुटवल र भैरहवामा सात सात संक्रमित थपिए



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा थपिएका नयाँ संक्रमितमा ७ जना बुटवल उपमहानगरका स्थानीय बासिन्दा हुन् भने ७ जना सिद्धार्थ नगर नगरपालिकाका हुन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरको वडा नम्बर ११ का ४ जनामा संक्रमण पुष्टि भएको छ भने वडा नम्बर १६ मा १ जना तथा वार्ड र ठेगाना नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सिद्धार्थ नगर नगरपालिकाको ४ नम्बर वार्डका ४ जना र १२ नम्बर वार्डका ३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार पुष्टि भएका संक्रमितहरु मध्य ११ जनाको नशनल प्याथ ल्याव, २ जनाको प्रदेश ५ प्रयोगशाला र १ जनाको लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा स्वाव परीक्षण भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदार शाहले बताए । रुपन्देहीमा कोभिड–१९ संक्रमितको संख्या ४ सय २० पुगेको छ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको