६ बैशाख २०८३, आइतबार | April 20, 2026

रुपन्देहीको कोरोना ग्राफ उकालो चढ्दै, बुटवल र भैरहवामा सात सात संक्रमित थपिए



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा थपिएका नयाँ संक्रमितमा ७ जना बुटवल उपमहानगरका स्थानीय बासिन्दा हुन् भने ७ जना सिद्धार्थ नगर नगरपालिकाका हुन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरको वडा नम्बर ११ का ४ जनामा संक्रमण पुष्टि भएको छ भने वडा नम्बर १६ मा १ जना तथा वार्ड र ठेगाना नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सिद्धार्थ नगर नगरपालिकाको ४ नम्बर वार्डका ४ जना र १२ नम्बर वार्डका ३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार पुष्टि भएका संक्रमितहरु मध्य ११ जनाको नशनल प्याथ ल्याव, २ जनाको प्रदेश ५ प्रयोगशाला र १ जनाको लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा स्वाव परीक्षण भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदार शाहले बताए । रुपन्देहीमा कोभिड–१९ संक्रमितको संख्या ४ सय २० पुगेको छ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ५९ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय