३० चैत्र २०८२, सोमबार | April 13, 2026

अब लुम्बिनी प्रादेशिक अस्पतालमा ३० मिनेटमै कोरोना भाइरसको पिसिआर परीक्षण हुने



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३० मिनेटमै कोरोना भाइरस कोभिड-१९ को पिसिआर परीक्षण गर्न सकिने भएको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना हुन आउने गम्भीर प्रकृतिका बिरामीमा भर्ना पश्चात् कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यस्तो सेवा शुरु गरिएको हो ।

नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरि अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ टु परिक्षण सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रबार मेशिनबाट आफ्नै स्वाव परिक्षण गरि सेवा शुभारम्भ गरे । सामान्य पिसिआर परिक्षणको समावधि ढिला हुदा उपचार समस्या भएको गुनासो आईरहेको बेला यो मेशिनबाट सहयोग मिल्ने उनले बताए । सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम ब्यवस्थापक निम बहादुर सिहले यो विधि निक्कै प्रभावकारी र गुणस्तर भएको दाबी गरे ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्ड डा.राजेन्द्र खनालले मेशिनबाट कोभिड १९ को संकास्पद बिरामीको रिर्पोट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हुदा यो धेरै प्रभावकारी भएको बताए ।

अस्पतालका अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले अस्पतालमा धेरै सेवाहरु वृद्धि गरिएको बताए । भौतिक संरचनादेखि सेवा बिस्तारमा आफुले जोड दिएको उनले दाबी गरे । कोभिड १९ फोकलप्रसन डा. सुदर्शन थापाले कोरोना भाइरसका जटिल र लक्षण देखिने बिरामी बढेको दुखेसो गरे ।

अस्पतालका बिआर टिभी क्लिनिङ ईन्चार्ज सत्यराज शाक्यले क्षयरोगी र एचआईभी संकमितलाई पहिलो प्राथमिकता राखेर सेवा दिईने बताए । अन्य मेशिनको तुलनामा यसले छिटो रिर्पोट दिने हुदा प्रभावकारी भएको उनले बताए । यो निशुल्क सेवा भएको उनले बताए । एक घण्टामा ४ जनाको परिक्षण गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ५९ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्