१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

जीएमई रेमिट र हेल्लो पैसाबीच रेमिट्यान्स कारोबार सम्झौता, विदेशबाट नेपाल पैसा पठाउन थप सहज



काठमाडौं । छोटो समयमै चर्चित बनेको जीएमई रेमिट प्रालि र हेल्लो पैसाबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ ।

विश्वकै ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी हेल्लो पैसासँग जीएमईको रेमिट्यान्स सम्झौता पछि विश्वभरबाट नेपालमा पैसा पठाउन थप सहज भएको छ ।

सम्झौतामा जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक श्री अहेमेद शाजिम खमिसाले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै दुई कम्पनीबीच कारोबार सुरु भैसकेको छ ।

विश्वभर रहेको हेल्लो पैसाका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट पठाउने रकम जीएमई रेमिटको माध्यमबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुले प्राप्त गर्न सक्ने जीएमईका प्रबन्ध निर्देशक पौडेलले बताए ।

नेपालमा जीएमई रेमिटसँग ९ हजार भन्दा बढी एजेन्टहरुबाट आवद्ध रहेका छन् । ती एजेन्टहरुमार्फत सजिलैसँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ प्रबन्ध निर्देशक पौडेलले जनाए ।

जिएमई रेमिटले रेमिट्यान्सको क्षेत्रमा छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ४४ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको