६ श्रावण २०८३, बुधबार | July 22, 2026

भारतीय प्रधानमन्त्री मोदीको घोषणा : ‘कोरोना विरुद्धका तीन खोप बनाइरहेका छौं, अब कसैले चिन्ता गर्नुपर्दैन’



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशले कोरोना भाइरस विरुद्ध तीन तीन वटा खोप बनाइरहेको दाबी गरेका छन् ।

कोरोना विरुद्धको खोपमा विश्वव्यापाी प्रतिस्पर्धा देखिइरहेका बेला भारतका प्रधानमन्त्री मोदीले आफ्नो मुलुकले तीन वटा खोप बनाइरहेको बताएका हुन् ।

७४ औं स्वतन्त्रता दिवसको अवसरमा राजधानी दिल्लीस्थित लालकिल्लामा आयोजित विशेष कार्यक्रममा मोदीले कोरोना खोप अलग अलग चरणमा ट्रायल प्रक्रियामा रहेको दाबी गरे ।

उनले अब आफ्ना जनतालाई चिन्ता नगर्न आग्रह गर्दै एक पटक अनुमति पाउने वित्तिकै ठूलो संख्यामा खोप उत्पादन गरेर जनताको स्वास्थ्य सेवामा लगाउने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री मोदीले नेशनल डिजिटल हेल्थ मिशनको सुरुवात गर्ने बताउँदै सबै नागरिकलाई स्वास्थ्य परिचयपत्र दिइने बताए । त्यस परिचयपत्रमा स्वास्थ्यसँग सम्बन्धित सबै रेकर्ड रहने उनले जानकारी दिए ।

कोरोना भाइरसको महामारीबाट भारत नराम्रोसँग प्रभावित भएको छ । भारतमा हरेक दिन ६० हजार भन्दा बढी मानिस संक्रमित भैरहेका छन् भने सयौंको मृत्यु भैरहेको छ । विश्वभर संक्रमणको मामिलामा भारत तेस्रो मुलुक बनेको छ ।

यसअघि, रुसले कोरोना भाइरस विरुद्धको खोप निर्माणमा महत्वपूर्ण सफलता हासिल गर्दै व्यवसायिक उत्पादन सुरु गरेको दाबी गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले विकसित गरेको खोप ‘स्पुतनिक भि’ प्रभावकारी रहेको दाबी गरेका छन् । रुसी खोपप्रति पश्चिमा देशका सरकार र वैज्ञानिकहरुले भने शंका उत्पन्न गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : २० बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय