१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भारतीय प्रधानमन्त्री मोदीको घोषणा : ‘कोरोना विरुद्धका तीन खोप बनाइरहेका छौं, अब कसैले चिन्ता गर्नुपर्दैन’



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशले कोरोना भाइरस विरुद्ध तीन तीन वटा खोप बनाइरहेको दाबी गरेका छन् ।

कोरोना विरुद्धको खोपमा विश्वव्यापाी प्रतिस्पर्धा देखिइरहेका बेला भारतका प्रधानमन्त्री मोदीले आफ्नो मुलुकले तीन वटा खोप बनाइरहेको बताएका हुन् ।

७४ औं स्वतन्त्रता दिवसको अवसरमा राजधानी दिल्लीस्थित लालकिल्लामा आयोजित विशेष कार्यक्रममा मोदीले कोरोना खोप अलग अलग चरणमा ट्रायल प्रक्रियामा रहेको दाबी गरे ।

उनले अब आफ्ना जनतालाई चिन्ता नगर्न आग्रह गर्दै एक पटक अनुमति पाउने वित्तिकै ठूलो संख्यामा खोप उत्पादन गरेर जनताको स्वास्थ्य सेवामा लगाउने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री मोदीले नेशनल डिजिटल हेल्थ मिशनको सुरुवात गर्ने बताउँदै सबै नागरिकलाई स्वास्थ्य परिचयपत्र दिइने बताए । त्यस परिचयपत्रमा स्वास्थ्यसँग सम्बन्धित सबै रेकर्ड रहने उनले जानकारी दिए ।

कोरोना भाइरसको महामारीबाट भारत नराम्रोसँग प्रभावित भएको छ । भारतमा हरेक दिन ६० हजार भन्दा बढी मानिस संक्रमित भैरहेका छन् भने सयौंको मृत्यु भैरहेको छ । विश्वभर संक्रमणको मामिलामा भारत तेस्रो मुलुक बनेको छ ।

यसअघि, रुसले कोरोना भाइरस विरुद्धको खोप निर्माणमा महत्वपूर्ण सफलता हासिल गर्दै व्यवसायिक उत्पादन सुरु गरेको दाबी गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले विकसित गरेको खोप ‘स्पुतनिक भि’ प्रभावकारी रहेको दाबी गरेका छन् । रुसी खोपप्रति पश्चिमा देशका सरकार र वैज्ञानिकहरुले भने शंका उत्पन्न गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : २० बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको