१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता



काठमाडौं । नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार टेलिफोन वार्ता भएको छ ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार टेलिफोन गर्दै बधाई दिएका थिए ।

सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन ।

तर ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको छ । परराष्ट्रमन्त्रालयका अनुसार फोनवार्ताका क्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना दिएका छन् । उनले १० अप्रिल २०२० मा भएको सम्वाद स्मरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले मोदीको छिमक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएको मन्त्रालयले जनाएको छ ।

ओली र मोदीच कोभिड-१९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको छ । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरे ।

दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको समेत परराष्ट्र मन्त्रालयद्धार जारी वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ४ : ०४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा