११ असार २०८३, बिहिबार | June 25, 2026

म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै लियोन पुग्यो च्याम्पियन्स लिगको सेमिफाइनलमा



एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा अन्तिम ८ मै टुंगिएको छ । क्वाटरफाइनल अन्तर्गत लिस्बोनमा शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी फ्रेन्च लिग वान क्लब लियोनसँग स्तब्ध भयो ।

लियोनले सिटीमाथि ३–१ को जित दर्ता गरेको हो । पहिलो हाफमा एक गोल खाएको सिटीले दोस्रो हाफमा एक गोल गरेर थप दुई गोल खायो । लियोनको जितमा मोउसा डेम्बेलेले दुई तथा म्याक्सवेल कोर्नेटले एक गोल गरे । सिटीका लागि केविन डी ब्रुयनले एक गोल फर्काए । २४ औँ मिनेटमा कोर्नेटले गोल गरी लियोनलाई सुरुवाति अग्रता दिलाए । ६९ औँ मिनेटमा केविनले सिटीका लागि बराबरी गोल गरे ।

तर त्यसपछि डेम्बेलेले लगातार दुई गोल गरेर सिटीलाई स्तब्ध बनाएका हुन् । उनले ७९ र ८७ औँ मिनेटमा गोल गरी टिमलाई ३–१ को जितसहित अन्तिम चारको यात्रा गराएका हुन् । सेमिफाइनलमा लियोनले बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ । बार्यनले शुक्रबार राति भएको खेलमा बार्सिलोनालाई ८–२ ले पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको हो ।

अर्को सेमिफाइनलमा पिएसजीले आरबी लेइप्जिगसँग खेल्नेछ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ५० बजे

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले