७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ ।

झण्डै डेढ महिनाको आन्तरिक किचलो र झण्डै एक महिनाको पानी बाराबार पछि शिर्ष नेताहरु सम्मिलित सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । गत साउन ४ गते पछि नेकपा सचिवालय बैठक बस्नै सकेको थिएन ।

बिहान ९ः३० बजे सुरु हुने भनिएको बैठक आधा घण्टा ढिलो १० बजेबाट सुरु भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाए । बैठकमा सचिवालयका ९ सदस्य उपस्थित रहेका छन् ।

शिर्ष नेताहरुबीच चलेको सत्ता संघर्षका कारण पार्टीको भविष्य नै संकटमा परेपछि नेताहरुले युद्धबिराम गर्दै कार्यदल गठन गरेपछि बैठक बस्न सम्भव भएको हो ।

कार्यदलले पार्टीभित्र देखापरेको समस्या र समाधानका उपायबारे नेतृत्वलाई प्रतिवेदन बुझाउने छ ।

आजको सचिवालय बैठकले कार्यदललाई औपचारिक रुपमा अनुमोदन गर्दै म्यान्डेड प्रदान गर्ने बुझिएको छ ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदलमा तीन शिर्ष नेताका तीन निकट सहयोगी रहेका छन् ।

गत असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा १६ गतेपुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजीनामा माग्न थालिएपछि बैठक भाँडिन सुरु भएको थियो ।

त्यसपछि लगातार स्थायी कमिटी बैठक बस्ने प्रयत्न भएपनि सम्भव हुन सकेको थिएन । स्थायी कमिटी बैठककै बीचमा साउन ४ गते सचिवालय बैठक बोलाइए पनि त्यसले पनि निकास दिन सकेको थिएन ।

तर, यसबीचमा आफेनो समुहलाई बलियो बनाउन भने निकै मेहनत गरिएको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेशनका नाममा पार्टीको तल्लो तहसम्म समानान्तर पार्टी संरचना तयार परेका छन् ।

प्रचण्ड–नेपाल समुहले पनि प्रदेशस्तरीय केन्द्रीय नेताहरुको भेला गर्दै पार्टी कमिटीमा मजबुत बनाउने प्रयत्न गरेको छ ।

दुवै समुह पार्टी फुटको अवस्थासम्मका लागि तम्तयार भएर बसेको अवस्थामा भएको युद्धबिराम स्थायी सम्झौतामा टुंगिन्छ कि टुंगिदैन त्यो भने हेर्न अझै केही समय कुर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  १० : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई