२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ ।

झण्डै डेढ महिनाको आन्तरिक किचलो र झण्डै एक महिनाको पानी बाराबार पछि शिर्ष नेताहरु सम्मिलित सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । गत साउन ४ गते पछि नेकपा सचिवालय बैठक बस्नै सकेको थिएन ।

बिहान ९ः३० बजे सुरु हुने भनिएको बैठक आधा घण्टा ढिलो १० बजेबाट सुरु भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाए । बैठकमा सचिवालयका ९ सदस्य उपस्थित रहेका छन् ।

शिर्ष नेताहरुबीच चलेको सत्ता संघर्षका कारण पार्टीको भविष्य नै संकटमा परेपछि नेताहरुले युद्धबिराम गर्दै कार्यदल गठन गरेपछि बैठक बस्न सम्भव भएको हो ।

कार्यदलले पार्टीभित्र देखापरेको समस्या र समाधानका उपायबारे नेतृत्वलाई प्रतिवेदन बुझाउने छ ।

आजको सचिवालय बैठकले कार्यदललाई औपचारिक रुपमा अनुमोदन गर्दै म्यान्डेड प्रदान गर्ने बुझिएको छ ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदलमा तीन शिर्ष नेताका तीन निकट सहयोगी रहेका छन् ।

गत असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा १६ गतेपुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजीनामा माग्न थालिएपछि बैठक भाँडिन सुरु भएको थियो ।

त्यसपछि लगातार स्थायी कमिटी बैठक बस्ने प्रयत्न भएपनि सम्भव हुन सकेको थिएन । स्थायी कमिटी बैठककै बीचमा साउन ४ गते सचिवालय बैठक बोलाइए पनि त्यसले पनि निकास दिन सकेको थिएन ।

तर, यसबीचमा आफेनो समुहलाई बलियो बनाउन भने निकै मेहनत गरिएको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेशनका नाममा पार्टीको तल्लो तहसम्म समानान्तर पार्टी संरचना तयार परेका छन् ।

प्रचण्ड–नेपाल समुहले पनि प्रदेशस्तरीय केन्द्रीय नेताहरुको भेला गर्दै पार्टी कमिटीमा मजबुत बनाउने प्रयत्न गरेको छ ।

दुवै समुह पार्टी फुटको अवस्थासम्मका लागि तम्तयार भएर बसेको अवस्थामा भएको युद्धबिराम स्थायी सम्झौतामा टुंगिन्छ कि टुंगिदैन त्यो भने हेर्न अझै केही समय कुर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १० : ५२ बजे

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री