३ आश्विन २०८३, शनिबार | September 19, 2026

इटालियन क्लब इन्टर मिलान युरोपा लिग फाइनल प्रवेश



एजेन्सी । इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको सेमिफाइनलमा शाख्तर डोनेस्कमाथि ५–० को जित निकाल्दै इन्टर मिलानले फाइनलयात्रा तय गरेको हो ।

पहिलो हाफमा एक गोल गरेको इन्टर मिलानले दोस्रो हाफमा थप चार गोल गरेको हो । इन्टरका लागि रामेलु लुकाकु र लौतारो मार्तिनेजले दुई–दुई गोल गरे । यस्तै डानिलो डी’एमब्रोसिओले एक गोल गरेका हुन् ।

१९ औँ मिनेटमा मार्तिनेजले गोल गरेर इन्टर मिलानलाई सुरुवाति अग्रता दिलाए । ६४ औँ मिनेटमा डानिलोले गोल गरी अग्रता दोब्बर पारे । मार्तिनेजले ७४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसपछि लुकाकुले लगातार दुई गोल गरेका हुन् । उनले ७८ र ८३ औँ मिनेटमा गोल गरेपछि इन्टर मिलान ५–० ले विजयी भयो ।

इन्टर मिलानले आउँदो शुक्रबार उपाधिका लागि स्पेनिस क्लब सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ६ : २७ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको