२० बैशाख २०८१, बिहिबार | May 2, 2024

इटालियन क्लब इन्टर मिलान युरोपा लिग फाइनल प्रवेश



एजेन्सी । इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको सेमिफाइनलमा शाख्तर डोनेस्कमाथि ५–० को जित निकाल्दै इन्टर मिलानले फाइनलयात्रा तय गरेको हो ।

पहिलो हाफमा एक गोल गरेको इन्टर मिलानले दोस्रो हाफमा थप चार गोल गरेको हो । इन्टरका लागि रामेलु लुकाकु र लौतारो मार्तिनेजले दुई–दुई गोल गरे । यस्तै डानिलो डी’एमब्रोसिओले एक गोल गरेका हुन् ।

१९ औँ मिनेटमा मार्तिनेजले गोल गरेर इन्टर मिलानलाई सुरुवाति अग्रता दिलाए । ६४ औँ मिनेटमा डानिलोले गोल गरी अग्रता दोब्बर पारे । मार्तिनेजले ७४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसपछि लुकाकुले लगातार दुई गोल गरेका हुन् । उनले ७८ र ८३ औँ मिनेटमा गोल गरेपछि इन्टर मिलान ५–० ले विजयी भयो ।

इन्टर मिलानले आउँदो शुक्रबार उपाधिका लागि स्पेनिस क्लब सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : २७ बजे

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर