८ पुस २०८२, मंगलबार | December 23, 2025

एकै गणका ४२ सशस्त्र प्रहरीसहित चितवनमा थपिए ४६ जना संक्रमित



चितवन । चितवनको भण्डरास्थित सशस्त्र प्रहरीको गणमा कार्यरत ४२ जना प्रहरीमा कोरोना संक्रमण भएको छ ।

एउटै गणका ४२ सशस्त्र प्रहरीसहित ४६ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार राति भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ४२ सशस्त्र प्रहरीसहित ५० जनामा संक्रमण पुष्टि भएको हो ।

३ सय ५५ वटा नमुना परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सशस्त्रको गणमा रहेका दुई महिलासहित ४२ जना र भरतपुर महानगरपालिकाका चार जना रहेका छन् ।

यसैगरी, मकवानपुर र गोर्खाका एक एक महिला एवं बाराका एक महिला र एक पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ ।

चितवन बाहिरका सबै चार जना भरतपुरका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका बिरामी भएको प्रयोगशालाले जनाएको छ ।

सशस्त्रको भण्डारास्थित गणमा यसअघि पनि आठ जना प्रहरी संक्रमित भैसकेका छन् । हालसम्म सो गणमा ५० जना संक्रमित पुगेका छन् ।

चितवनमा एकै पटक यति धेरै संख्यामा संक्रमित थपिएको यो नै पहिलो पटक हो । पहिलो आठ जनामा संक्रमण देखिएपछि ६० जनाको स्वाब पठाउँदा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार राति थपिएका ५० जनासहित हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २५५ पुगको छ ।

संक्रमित बढेसँगै भरतपुरका अस्पतालहरुमा बेडको अभाव देखिएको छ । अस्पतालको बेड नहुँदा कतिपय संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ८ : १९ बजे

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई