६ बैशाख २०८३, आइतबार | April 20, 2026

३ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरमा पूर्ण लकडाउन, कुनै पनि व्यवसाय सञ्चालनमा प्रतिबन्ध



बुटवल । बाक्लो जनघनत्व भएको बस्ती नभएको भन्दै लकडाउनको बिपक्षमा रहेको तिलोत्तमा नगरपालिकाले अन्ततः पूर्ण लकडाउन गर्ने निर्णयमा पुगेको छ ।

दिनदिनै कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएपछि तिलोत्तमा नगरपालिकाले पूर्ण लकडाउन गर्ने भएको हो । बुटवल उपमहानगर र सिद्धार्थनगर ले लकडाउनको घोषणा गर्दा तिलोत्तमाले नगरमा कृषि पेशाको बाहुल्य रहेको र घनाबस्ती नभएको भन्दै लकडाउनको आवश्यकता नरहेको बताएको थियो ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमीरेले पूर्ण लकडाउन गर्दा कृषि उत्पादन गर्ने कृषकलाई मर्का पर्ने भन्दै आवश्यकता नभएको बताएका थिए ।

बिगत ३ दिन देखि लगातार कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार बिहान बसेको सुरक्षा निकाय, नगर स्थित राजनीतिक दल, तिलोत्तमा उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरुको उपस्थितिमा बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

भदौं ३ गते साँझ ७ बजेदेखि भदौं १० गते साँझ ७ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय भएको छ । लकडाउन अवधिमा साईकल समेत चल्न दिईने छैन । नगर प्रमुख घिमिरेले भने ।

नगर प्रमुख घिमीरेका अनुसार लकडाउन अवधिमा नगरमा दुग्ध डेरी डिपो बिहान ६ देखि ८ बजेसम्म चल्ने छन् ।

त्यस बाहेक सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सम्पूर्ण सवारीसाधन तथा साइकल सञ्चालन समेत पूर्णतः बन्द गर्ने सिसीएमसी बैठकले निर्णय गरेको छ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  १२ : ५० बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय