१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अधिकांस स्थानीयतहले लकडाउन गरेपछि रुपन्देहीमा आयो प्रशासनको जिल्ला ‘लकडाउन’को घोषणा



बुटवल । स्थानीय तहबाट धमाधम पालिकास्तरमा लकडाउन घोषणा गर्दै गएपछि रुपन्देहीको जिल्ला स्तरिय संकट ब्यवस्थापन केन्द्रले भाद्र ७ गते सम्म जिल्लामा लकडाउन गर्ने निर्णय गरेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देही जिल्ला भरीका लागि आज देखि लकडाउन गर्ने निर्णय गरिएको हो । जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि भदौ ७ गते राती १२ बजेसम्मका लागि रुपन्देही जिल्लामा लकडाउन गरिएकोे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।

यद्देपी १ उपमहागर र ४ वटा नगरपालिका सहित रुपन्देहीमा ७ वडा पालिकाहरुले यस अघि नै लकडाउन घोषणा गरिसकेका छन् ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्ने गराउने तथा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनका लागि भदौ ७ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । संक्रामक रोग ऐन २०२०को दफा २ बमोजिम लकडाउनको घोषणा गरिएको प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : १९ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु