१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सरकारको कोभिड–१९ कोषमा एनआईसी एशिया बैंकको १ करोड ७ लाख ५९ हजार सहयोग



काठमाडौं । एनआईसी एशिया बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू. १ करोड ७ लाख ५९ हजार सहयोग प्रदान गरेको छ ।

रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु-याउने उद्देश्यले सरकारद्वारा स्थापित कोरोना कोषमा रकम जम्मा गरेको बैंकले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै जनाएको छ ।

बैंकले भनेको छ, ‘कोरोना महामारीको यो असाधारण समयमा मुलुकको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको छ ।’

बैंकले यस अघि नै सामाजिक उत्तरदायित्व स्वरुप सातै प्रदेश सरकारलाई १५/१५ लाख रुपैयाँ गरी कुल रू १ करोड ५ लाख रकम प्रदान गरिसकेको छ ।

उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख रुपैयाँ र कर्मचारीको तर्फबाट ५ लाख समेत समावेश गरी १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकले लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब ४८ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ संचालित बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू रहेका छन् ।

एनआईसी एशिया ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक पनि हो । बैंकका २२ लाख भन्दा बढी ग्राहक रहेका छन् ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब १ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

यस्तै, वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ५ : २९ बजे

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३