३२ असार २०८३, बिहिबार | July 16, 2026

काठमाडौं उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती सञ्चालन



काठमाडौं । काठमाडौं उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती सञ्चालनमा आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा ललितपुर महानगरपालिकाको सक्रियतामा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाइ सहज र व्यवस्थित बनाउन तीन स्थानको ट्राफिक बत्ती सञ्चालन ल्याइएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पुल्चोक, हरिहरभवन र अल्का अस्पताल अगाडिको बत्ती आजदेखि सञ्चालनमा ल्याइएको जानकारी दिए । जसमा पुल्चोक र हरिहरभवनमा नयाँ जडान गर्नुका साथै अल्का अस्पताल अगाडिको पुरानो मर्मत गरिएको हो ।

पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले यसअघि लामो समयदेखि बिग्रिएका सिंहदरबार, पद्मोदयम मोड, पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वरलगायत क्षेत्रमा बत्ती सञ्चालनमा ल्याइसकेको छ । रासस

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ६ : १० बजे

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौं । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन