१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

काठमाडौं उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती सञ्चालन



काठमाडौं । काठमाडौं उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती सञ्चालनमा आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा ललितपुर महानगरपालिकाको सक्रियतामा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाइ सहज र व्यवस्थित बनाउन तीन स्थानको ट्राफिक बत्ती सञ्चालन ल्याइएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पुल्चोक, हरिहरभवन र अल्का अस्पताल अगाडिको बत्ती आजदेखि सञ्चालनमा ल्याइएको जानकारी दिए । जसमा पुल्चोक र हरिहरभवनमा नयाँ जडान गर्नुका साथै अल्का अस्पताल अगाडिको पुरानो मर्मत गरिएको हो ।

पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले यसअघि लामो समयदेखि बिग्रिएका सिंहदरबार, पद्मोदयम मोड, पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वरलगायत क्षेत्रमा बत्ती सञ्चालनमा ल्याइसकेको छ । रासस

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ६ : १० बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।