२ पुस २०८२, बुधबार | December 17, 2025

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङ्गको बेसीशहरमा



लमजुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले २०७७ भाद्र १ गते सोमबार लमजुङ्ग, बेसीशहरस्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकको ४औं एक्सटेन्सन काउण्टरको उद्घाटन, कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङ्गका प्रमुख भगवानप्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशवप्रसाद पौडेलले संयुक्त रुपमा गरेका छन् ।

सेवाग्राहीको बढ्दो चापर विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरिएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले ७१ वटा जिल्लामा २५९ शाखा संचालन गरिरहेको छ ।

२३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फतआफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  २ : ४४ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको