७ बैशाख २०८३, सोमबार | April 20, 2026

१७ घण्टामा बुटवलमा थपिए ७ संक्रमित, उपमहानगरका थप एक कर्मचारीलाई संक्रमण



बुटवल । पछिल्लो १७ घण्टामा बुटवलमा ७ जना संक्रमित थपिएका छन् । मंगलबार राती सम्म ५० जना थपिएकोमा बुधबार मध्यान्हमा ७ जना थपिएका हुन् ।

बुधवार थपिएका ७ जनामा बुटवल उपमहागरपालिकाका १ जना कर्मचारी, १ जना कर्मचारीको परिवारका सदस्य तथा बिभिन्न वार्डका ५ जना रहेका छन् ।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार वार्ड नम्बर ४ का १ जना, वार्ड नम्बर १३ का ३ जना र वार्ड नमबर १२ का १ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । बुटवलमा कुल संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।

बुटवल उपमहानगर पालिका र स्वास्थ्य कार्यालय रुपन्देहीको उपमहानगरको संक्रमितको संख्या फरक देखिएको छ ।

स्वास्थ्य कार्यालयले बुटवल उपमहानगरको संक्रमितको संख्या १११ बताएको छ भने उपमहानगरसँग ९९ जना मात्र संक्रमितको संख्या पुगेको तथ्याँक रहेको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ३ : १८ बजे

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको

प्रधानमन्त्री शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपबारे तत्काल छानबिन