३ मंसिर २०८२, बुधबार | November 19, 2025

रुपन्देहीमा ७ घण्टामा थपिए ३६ संक्रमित, २४ घण्टामा बुटवलमा थपिए ३२ नयाँ संक्रमित



बुटवल । बुधबार अपरान्ह सम्ममा रुपन्देहीमा ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

बिहान ९ बजे देखि यता रुपन्देहीमा ३६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकलपर्शन केदार साहका अनुसार पछिल्लो ७ घण्टामा बुटवल उपमहानगरपालिकामा १९ जना नयाँ संक्रमित थपिएकाछन् ।

बुटवलको पछिल्लो २४ घण्टामा थपिएको संख्या ३२ हो । त्यसैगरी सिद्धार्थनगर नगरपालिकामा ६ जना, देवदह नगरपालिकामा २ जना, तिलोत्तमा नगरपालिकामा १ जना, सैनामैना नगरपालिकामा १ जना तथा सुद्धोदन गाँउपालिकामा ४ जना र सियारी गाँउपालिकामा ३ जना नयाँ संक्रमित थपिएका छन् ।

यता पछिल्लो २४ घण्टाको बुटवल उपमहानगरको तथ्यांक अनुसार वार्ड नम्बर ३ मा १, वार्ड नम्बर ४ मा २, वार्ड नम्बर ६ मा ४ , वार्ड नम्बर ११ मा १७, वार्ड नम्बर १२ मा १, वार्ड नम्बर १३ मा ६ र वार्ड नम्बर १५ मा १ जना नयाँ संक्रमित थपिएका छन् ।

बुटवल उपमहानगरमा अहिले सम्ममा जम्मा ४२ जना महिला र ८५ जना पुरुष गरि १२७ जना संक्रमित भएका छन् । रुपन्देहीमा भने ५७९ संक्रमित पुष्टि भएको छ भने २४१ जना निको भएर घर फर्केका छन् । रुपन्देहीमा १ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ७ : १९ बजे

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा

ताप्लेजुङ तेम्बा बजारको आगलागीबाट एक करोड १८ लाखबढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ

नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक

समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्ट नियुक्त

काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई

बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू लगाइयो

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत