१४ फाल्गुन २०८०, सोमबार | February 26, 2024

लक्षणसहितका संक्रमितको संख्या बढ्दै, अधिकांशमा ज्वरो, खोकी र सास फेर्न अप्ठेरो



काठमाडौं । पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन थालेको छ । उनले भने, ‘मुख्यतः संक्रमितमा ज्वरो र खोकी लागेको छ । केही संक्रमितलाई अक्सिजनसमेत आवश्यक परेको छ ।’

स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले पनि संक्रमण थप जटिल बन्दै गएको बताए । उनले भने, ‘लक्षणसहितका संक्रमितमा सास फेर्न अप्ठेरो भएको पनि छ । बिस्तारै यो क्रम बढ्न सक्छ ।’ अधिकांश जिल्लामा सक्रिय संक्रमित हुनेहरूमा दीर्घ रोगी रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्रप्रसाद भगतले लकडाउन खुलेयता लक्षणसहितका संक्रमित देखिन थालेको बताए । उनले भने, ‘सक्रिय संक्रमितमा ज्वरो आउने र खोकी लाग्ने जस्ता लक्षण देखिएको छ । उहाँहरूलाई आइसोलेसनमा राखिएको छ ।’ सक्रिय संक्रमितको संख्या बढ्दै गएको भन्दै सचेत र सतर्क रहन चिकित्सकले आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, बुधबार नेपालमा थप ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ७ सय उपचारपछि निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ सय २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर ५ लाख ५४ हजार ३ सय ८८ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हाल देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा बसेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  ६ : ४४ बजे

४२ औं मगर दिवसमा बुटवल र तिलोत्तमाले दियो सार्वजनिक बिदा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले मगर दिवसको

१३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो

गगन थापाले भने – आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाऔँ

काठमाडौं। सत्तारुढ कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आरोपप्रत्यारोको शृङ्खलाले

सडकमा फोहर फाल्ने माथि नेपालगन्ज उपमहानगरको दण्ड, मेयर आफै जरिवाना काट्न सडकमा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारवाही गर्न

अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता