२५ मंसिर २०८०, सोमबार | December 12, 2023

उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी



काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू हेलिकोप्टरबाट उपत्यकाबाहिर जाने गरेको पाइएको छ ।

शनिबार बाग्लुङका ४३ वर्षीय पुरुष उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट पोखरास्थित चरक अस्पताल पुगेका छन । कोरोना संक्रमणका कारण शरीरमा अक्सिजनको मात्रा घटेको र आइसियु नपाएर उनले पोखरा जानुपरेको हो ।

उपत्यकाका निजी र सरकारी दुवै अस्पालमा व्यापक खोजी गर्दा पनि आइसियु र बढी क्षमताको अक्सिजन नपाएपछि पोखरा जानु परेको उनकी पत्नीले बताएकी छिन । पोखरा जाने क्रममा खराब मौसमका कारण बीचमा दुई ठाउँमा रोकेर मात्र उनीहरू पोखरा पुगेका थिए । ‘भाग्यले बाँच्यौं, बीचमै झन्डै मरिएन,’ उनले हेलिकोप्टरको यात्रा सम्झिँदै भनिन ।

आइसियु नपाएपछि शनिबारै अरू दुई बिरामी उपत्यकाबाहिर गएको कोभिड उपचारमा संलग्न भोल्युन्टियर गु्रपले जनाएको छ । उनीहरूले आइसियु र शय्या नपाएका बिरामीका लागि खोजी गरिदिने काम दुई सातादेखि गर्दै आएका छन । भोल्युन्टियर गु्रपकी सदस्य आश्विनी पुडासैनीका अनुसार यो गु्रपमा कुन अस्पतालमा कति आइसियु र शय्या छ भन्नेबारे छिटो सूचना आउने व्यवस्था भएकाले उनीहरूले यस्ता आपतमा परेका बिरामीलाई सेवा दिने गरेको बताइन । राजधानीका केहि अस्पतालमा आइसियु भए पनि चिकित्सक नभएकाले सेवा पाउन नसकिएको बिरामीका आफन्तले बताएका छन ।

४/५ दिनको अवधिमा हेलिकोप्टर र एम्बुलेन्सबाट झापास्थित बिएन्डसी अस्पतालमा १० जना बिरामी आइसियुका लागि पुगेको सो अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बताए ।

तीमध्ये शनिबारै दुईजना हेलिकोप्टरबाट बिएन्डसी अस्पताल पुगेको प्रसाईंले जानकारी दिए । यस्ता बिरामी ओसार्नका लागि मनाङ, सिम्रिक र पावर डाइनोस्टिक हेलिकोप्टर सञ्चालनमा रहेका छन । राजधानीबाट यसरी उपत्यकाबाहिर बिरामी जान लागेको ४/५ दिन भएको अस्पतालहरूले जनाएका छन । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : २६ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौं । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण

उद्योगी ब्यवसायीले पठाए प्रधानमन्त्री र गभर्नरलाई आन्दोलनको चेतावनी सहितको ज्ञापनपत्र

नेपालगन्ज । बैंक तथा बित्तीयसंस्थाहरुले ज्यादती गरेको भन्दै आन्दोलित भएका