२८ आश्विन २०८३, बुधबार | October 14, 2026

उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी



काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू हेलिकोप्टरबाट उपत्यकाबाहिर जाने गरेको पाइएको छ ।

शनिबार बाग्लुङका ४३ वर्षीय पुरुष उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट पोखरास्थित चरक अस्पताल पुगेका छन । कोरोना संक्रमणका कारण शरीरमा अक्सिजनको मात्रा घटेको र आइसियु नपाएर उनले पोखरा जानुपरेको हो ।

उपत्यकाका निजी र सरकारी दुवै अस्पालमा व्यापक खोजी गर्दा पनि आइसियु र बढी क्षमताको अक्सिजन नपाएपछि पोखरा जानु परेको उनकी पत्नीले बताएकी छिन । पोखरा जाने क्रममा खराब मौसमका कारण बीचमा दुई ठाउँमा रोकेर मात्र उनीहरू पोखरा पुगेका थिए । ‘भाग्यले बाँच्यौं, बीचमै झन्डै मरिएन,’ उनले हेलिकोप्टरको यात्रा सम्झिँदै भनिन ।

आइसियु नपाएपछि शनिबारै अरू दुई बिरामी उपत्यकाबाहिर गएको कोभिड उपचारमा संलग्न भोल्युन्टियर गु्रपले जनाएको छ । उनीहरूले आइसियु र शय्या नपाएका बिरामीका लागि खोजी गरिदिने काम दुई सातादेखि गर्दै आएका छन । भोल्युन्टियर गु्रपकी सदस्य आश्विनी पुडासैनीका अनुसार यो गु्रपमा कुन अस्पतालमा कति आइसियु र शय्या छ भन्नेबारे छिटो सूचना आउने व्यवस्था भएकाले उनीहरूले यस्ता आपतमा परेका बिरामीलाई सेवा दिने गरेको बताइन । राजधानीका केहि अस्पतालमा आइसियु भए पनि चिकित्सक नभएकाले सेवा पाउन नसकिएको बिरामीका आफन्तले बताएका छन ।

४/५ दिनको अवधिमा हेलिकोप्टर र एम्बुलेन्सबाट झापास्थित बिएन्डसी अस्पतालमा १० जना बिरामी आइसियुका लागि पुगेको सो अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बताए ।

तीमध्ये शनिबारै दुईजना हेलिकोप्टरबाट बिएन्डसी अस्पताल पुगेको प्रसाईंले जानकारी दिए । यस्ता बिरामी ओसार्नका लागि मनाङ, सिम्रिक र पावर डाइनोस्टिक हेलिकोप्टर सञ्चालनमा रहेका छन । राजधानीबाट यसरी उपत्यकाबाहिर बिरामी जान लागेको ४/५ दिन भएको अस्पतालहरूले जनाएका छन । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : २६ बजे

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

काठमाडौंमा लुकिछिपी बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी

१३ प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, दुई अस्वीकृत, एकको होल्ड

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १०

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम पनि अस्वीकृत

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको नाम