१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बाँकेमा प्रदेशसभा सदस्य नमुना कोरोना मुक्त, अन्य २७ जना पनि आजै डिस्चार्ज हुँदै



नेपालगञ्ज । बाँकेमा जतिजति संक्रमितहरुको संख्या थपिँदै जान्छ त्यती त्यती संक्रमण मुक्त भएर जाने संख्या पनि बढ्दै जाने गरेको छ । बाँके जिल्लामा ७६६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४९७ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

बिहिबार बिहान प्रदेश ५ प्रदेशसभा सदस्य कृष्णा केसी कोरोना मुक्त भएर घर फर्केकी छिन् भने बिहिबार नै अन्य २७ जनाको डिस्चार्ज हुँदै छ । यूवा पत्रकार खगेन्द्र दाहाल सहित २७ जना संक्रमण मुक्त भएर घर फर्कने क्रममा छन् । प्रदेशसभा सदस्य नमुना बिहनै डिस्चार्ज भएको र १२ जना महिला सहितका २७ जनालाई जिल्लाका विभिन्न आईशोलेशन अस्पताल तथा अईशोलेशन सेन्टरबाट कोरोना संक्रमण मुक्त भएर घर पठाउने तयारी पुरा भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फकेल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

बिहीबार डिस्चार्ज हुनेहरुमा अधिकाँश नेपालगञ्जका रहेका छन् । यसअघि जिल्लामा सबैभन्दा बढि एकै दिन ३० जना कोरोना जितेर घर फर्केका थिए ।

जिल्लामा बुधबार राती सम्म २६६ जना सक्रिय संक्रमित रहेका छन् । बाँकेमा कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  १ : ०९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम