२५ असार २०८३, बिहिबार | July 9, 2026

प्रदेश ५ प्रयोगशालाबाट मात्र रुपन्देहीमा थपिए ११ संक्रमित, २ जना चिकित्सकमा संक्रमण पुष्टि



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण गर्दा बिहिबार ११ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहिबार थपिएका संक्रमितमा २ जना चिकित्सक रहेको र अन्यको ठेगाना नखुलेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशाला प्रमुख तथा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । गिरीका अनुसार अपरान्ह ४ बजे सम्म प्रदेश ५ जन स्वास्थ्य प्रयोगशालामा भएको पीसीआर रिपोर्ट प्राप्त भएको तर लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्यावको रिपोर्ट आउन बाँकी रहेको छ ।

उता बुटवल उपमहानगरपालिकाका निमित्त स्वास्थ्य शाखा प्रमुख गिता पाण्डेले बिहिबार ४ बजे सम्म उपमहानगरमा ३ जना नयाँ संक्रमित थपिएको बताएकी छिन् । वार्ड नम्बर ११ मा २ जना र वार्ड नम्बर १२ मा १ जना संक्रमित थपिएको पाण्डेले बताईन् ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ५ : १३ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट