४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रदेश ५ प्रयोगशालाबाट मात्र रुपन्देहीमा थपिए ११ संक्रमित, २ जना चिकित्सकमा संक्रमण पुष्टि



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण गर्दा बिहिबार ११ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहिबार थपिएका संक्रमितमा २ जना चिकित्सक रहेको र अन्यको ठेगाना नखुलेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशाला प्रमुख तथा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । गिरीका अनुसार अपरान्ह ४ बजे सम्म प्रदेश ५ जन स्वास्थ्य प्रयोगशालामा भएको पीसीआर रिपोर्ट प्राप्त भएको तर लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्यावको रिपोर्ट आउन बाँकी रहेको छ ।

उता बुटवल उपमहानगरपालिकाका निमित्त स्वास्थ्य शाखा प्रमुख गिता पाण्डेले बिहिबार ४ बजे सम्म उपमहानगरमा ३ जना नयाँ संक्रमित थपिएको बताएकी छिन् । वार्ड नम्बर ११ मा २ जना र वार्ड नम्बर १२ मा १ जना संक्रमित थपिएको पाण्डेले बताईन् ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ५ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको