२ असार २०८२, सोमबार | June 16, 2025

बाँकेमा ५१ जना संक्रमण मुक्त, तीज मनाउन घर पुगे



नेपालगन्ज । हरितालिका तीजको बिहानै बाँकेका बिभिन्न आइसोलेसन केन्द्रमा बसेर कोरोना भाइरससँग जुधिरहेका ५१ जनालाई आइसोलेसन अवधि पुरा गराएर घर पठाईएको छ ।

आइसोलेसनमा बसेको १४ दिनसम्म कुनैपनि लक्षण नदेखिएपछि उनीहरुलाई घर पठाईएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

समुदायस्तरमा पीसीआर परीक्षण गर्ने क्रममा कोरोना पुष्टि भएका बाँकेका बिभिन्न आइसोलेसन अस्पताल तथा पालिकाहरुले बनाएको आइसोलेसन र होटल आइसोलेसनमा बसेकाहरु मध्य ५१ जनालाई शुक्रबार बिहान घर पठाईएको हो ।

विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड र नेपाल सरकारले बनाएको कोरोना उपचार निर्देशिका अनुसार आइसोलेट भएकाहरु आइसोलेसमा बस्ने अवधि पुरा गरेर पठाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोन फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार शुक्रबार घर फर्केकाहरुमा कौशिलानगरस्थित नेपाली सेनाको आइसोलेसनबाट ९ जना, नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसन केन्द्रबाट ५ जना रहेका छन् ।

यसैगरी सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट ५ जना पनि आइसोलेसन अवधि पुरा गरेर घर फर्केका छन् ।

यस्तै, होटल सिटी प्यालेस सेल्फ–पे आइसोलेसनबाट १५ जना, खुल्ला कारागार आइसेलेसनबाट १३ जना, आदर्शनगर आइसोलेसनबाट ४ जना तथा लायन्स डेन्टल अस्पतालबाट १ जना घर फर्केका छन् । उनीहरुलाई पीसीआर परीक्षण नगराई घर पठाईएको छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसार संक्रमण पुष्टि भएर १४ दिनसम्म लगातार लक्षण नदेखिएको अवस्थामा उनीहरुलाई घर पठाउन सकिने प्रावधान बनाएको छ ।

आज आईसोलेसन अवधि पुरा गरेर घर फर्कनेमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, युवा पत्रकार खगेन्द्र दाहाल लगायत छन् । बिहिबारमात्र प्रदेश ५ प्रदेशसभा सदस्य कृष्णा केसी नमुना पनि कोरोना मुक्त भएर घर फर्केकी थिईन् ।

बाँकेमा ७८७ जना कुल संक्रमण पुष्टि भएकोमा ५४७ जना कोरोना संक्रमण मक्त भएर घर फर्केका छन् ।

बाँकेमा २३६ जनाले अहिले पनि आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् । ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

-फोटो सौजन्य कमल डाँगी

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ९ : २१ बजे

राप्रपाले एक दिनको संसद् बैठक भत्ता नलिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही असार १

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका

मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी

मुस्ताङ । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी

ट्रम्प विरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

काठमाडौं । अमेरिकाको चरित्र पनि आफैमा अद्वितीय रहेको छ। समा

सम्पर्क बाहिर रहेका धवल शमसेर राणा अदालतमा उपस्थित

काठमाडौँ । उपचार प्रयोजनार्थ भन्दै हाजिरी जमानीमा छुटेपछि प्रहरी सम्पर्क