२५ असार २०८३, बिहिबार | July 9, 2026

बाँकेमा ५१ जना संक्रमण मुक्त, तीज मनाउन घर पुगे



नेपालगन्ज । हरितालिका तीजको बिहानै बाँकेका बिभिन्न आइसोलेसन केन्द्रमा बसेर कोरोना भाइरससँग जुधिरहेका ५१ जनालाई आइसोलेसन अवधि पुरा गराएर घर पठाईएको छ ।

आइसोलेसनमा बसेको १४ दिनसम्म कुनैपनि लक्षण नदेखिएपछि उनीहरुलाई घर पठाईएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

समुदायस्तरमा पीसीआर परीक्षण गर्ने क्रममा कोरोना पुष्टि भएका बाँकेका बिभिन्न आइसोलेसन अस्पताल तथा पालिकाहरुले बनाएको आइसोलेसन र होटल आइसोलेसनमा बसेकाहरु मध्य ५१ जनालाई शुक्रबार बिहान घर पठाईएको हो ।

विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड र नेपाल सरकारले बनाएको कोरोना उपचार निर्देशिका अनुसार आइसोलेट भएकाहरु आइसोलेसमा बस्ने अवधि पुरा गरेर पठाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोन फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार शुक्रबार घर फर्केकाहरुमा कौशिलानगरस्थित नेपाली सेनाको आइसोलेसनबाट ९ जना, नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसन केन्द्रबाट ५ जना रहेका छन् ।

यसैगरी सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट ५ जना पनि आइसोलेसन अवधि पुरा गरेर घर फर्केका छन् ।

यस्तै, होटल सिटी प्यालेस सेल्फ–पे आइसोलेसनबाट १५ जना, खुल्ला कारागार आइसेलेसनबाट १३ जना, आदर्शनगर आइसोलेसनबाट ४ जना तथा लायन्स डेन्टल अस्पतालबाट १ जना घर फर्केका छन् । उनीहरुलाई पीसीआर परीक्षण नगराई घर पठाईएको छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसार संक्रमण पुष्टि भएर १४ दिनसम्म लगातार लक्षण नदेखिएको अवस्थामा उनीहरुलाई घर पठाउन सकिने प्रावधान बनाएको छ ।

आज आईसोलेसन अवधि पुरा गरेर घर फर्कनेमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, युवा पत्रकार खगेन्द्र दाहाल लगायत छन् । बिहिबारमात्र प्रदेश ५ प्रदेशसभा सदस्य कृष्णा केसी नमुना पनि कोरोना मुक्त भएर घर फर्केकी थिईन् ।

बाँकेमा ७८७ जना कुल संक्रमण पुष्टि भएकोमा ५४७ जना कोरोना संक्रमण मक्त भएर घर फर्केका छन् ।

बाँकेमा २३६ जनाले अहिले पनि आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् । ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

-फोटो सौजन्य कमल डाँगी

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ९ : २१ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको