३ पुस २०८२, बिहिबार | December 19, 2025

‘ज्यान जोगाउन सके फेरि छमछम नाचौँला’



लाउन्नँ म त्यो जापानी सारी,

टेबुलमा काइँयो र ऐना छ,

बस्न प¥यो मन मारी मारी,

सोचे झैँ जिन्दगी रहिनछ ’

(गायक खेम क्षेत्री र मधु क्षेत्री)

पोखरा । यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन् । हिन्दू महिलाले भव्य रुपमा मनाउने तीज पर्व यस वर्ष कोरोनाका कारण साँच्चै नसोचेको भइदियो । महिना दिनअघि तीजेगीत घन्काउँदै रातो साडीमा छमछम नाच्दै सङ्गीतमय बन्ने वातावरण अहिले भने घरभित्र सीमित भएको छ ।

पोखरा –८ न्यूरोडका कस्मेटिक पसल सञ्चालक सन्तु पौडेलले बिहे गरेको १८ वर्षमा पहिलो चोटि माइती जान नपाएकामा नरमाइलो लागेको बताइन् ।

‘मेरो माइती स्याङ्जा हो, सधैँ छोराछोरीसहित दर खाने दिनको अघिल्लो दिन माइत पुग्थेँ ,७० वर्ष पुगेकी आमा नातिनातिनाका साथ देख्दा आमा खुशी हुनुहुन्थ्यो, अहिले फोनबाट कुराकानी गरेर कोरोनाका कारण आउन नपाएको जानकारी गराएँ, आमाले नरमाइलो मान्नुभयो, बूढी भएकी आमाको काखमा तीजको दर खाएर मनाउने धोको यसपालि अधुरो भयो, आगुम के हुन्छ कुन्नि ?’

उनी अहिले घरभित्रै सोचे झैंँ रहिनछ जिन्दगी भन्दै गीत घन्काएर नाच्दै छिन्। उनले कोरोना जित्ने सके अर्को वर्ष माइतीको आँगनमा पुग्ने रहर पूरा हुने विश्वास व्यक्त गरिन् ।

लोकगायिका हरिदेवी कोइराला यस वर्षको तीज पर्व दिदीबहिनी जमघटविहीन भएको बताउछिन् । उनी सम्झिन्छिन् ‘अघिका वर्षहरुमा महिना दिनअघिदेखि नै तीज विशेष कार्यक्रमका निम्ता हुन्थे, एकै दिन चारपाँच वटा कार्यक्रममा भ्याइनभ्याइ हुन्थ्यो तर यस वर्ष कोरोनाका कारण सुनसान भयो । घरभित्रै आफन्त, इष्टमित्रबाट पनि भौतिक दूरी कायम गरेर बस्नुपर्ने अवस्था आयो ।’

उनले यस वर्ष ज्यान जोगाउन सके आउने वर्षहरुमा फेरि तीजेभाकामा छमछम नाच्न पाइने भएकाले सुरक्षित रहन सबैलाई आग्रह गरिन् ।तीजका दरमा खीर, चाम्रे, तामा, आलु, घिरौँला, काँक्राको अचार, दहीलगायत परिकार समावेश हुने गरिए पनि पछिल्लो समय भने व्यक्तिको रुचि र स्वादअनुसार विभिन्न खालका परिकार तीजका दरमा समावेश हुन थालेको उनको भनाइ छ ।

उनले तीजका मौलिक भाकाको अस्तित्व नै सङ्कटमा पर्ने थालेकाले यसको महत्वलाई सबै मिलेर बचाउनुपर्ने धारणा राखिन्। उनको ‘माइती रमाइलो…’ बोलको तीजगीत सङ्ग्रह प्रकाशित छ भने पछिल्लो तीजगीत ‘जान्न म त त्यो घर…’ भर्खरै आएको छ ।

सञ्चारकर्मी एवम् लोकगायिका शान्ति गुरुङले कोरोनाका कारण उत्पन्न असहज परिस्थितिले यस वर्षको तीज निरश बनाएको बताइन् ।

दिदीबहिनीको महान् पर्व कोरानाले निरस बनाए पनि निराश भएर बस्न नहुने उनको भनाइ छ । ‘वर्ष दिनको पर्व कैयौंँ दिदीबहिनी माइतीको काखमा पीडा बिसाएर रमाउने पर्व हो, कामकाजी महिलाका लागि त यो पर्व एउटा ‘रिफ्रेसमेन्ट’को पर्व हो तर कोरोनाको जोखिमले एक अर्काबीच दूरी राखेर बस्नुपर्ने अवस्था सिर्जना भयो ।’

उनले यस वर्ष कोरोनालाई जित्न सके अर्को वर्ष पक्कै तीज मनाउन पाइने भएकाले असहजतामा सहजता खोजी खुशी बटुलेर परिवारबीच नै रमाइलो गर्न आग्रह गरिन् ।

यसपालिको तीज प्रविधिको प्रयोग गरी अर्काबीचको आत्मीयता साटेर मनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  १२ : ४६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको