२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

बाँकेमा थपिए १६ कोरोना संक्रमित, १४ जना नेपालगन्जबासी २ जना बैंक कर्मचारी



नेपालगञ्ज । केहि दिन अलि सुस्त देखिएको बाँकेको नेपालगन्जमा कोरोना संक्रमित देखिने क्रम शुक्रबार फेरी बढेको छ । शुक्रबार ४ बजे सम्म आएको बाँकेको पछिल्लो रिपोर्ट अनुसार जिल्लामा १६ जनाको संक्रमण पुष्टि हुँदा नेपालगन्ज मा मात्र १४ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाका १४ जना र राप्तीसोनारी गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालाबाट बर्दियाको बांसगढीका ६ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

बाँकेमा थपिएका संक्रमितमध्ये एक जना नेपाल बैंक लिमिटेड र एक जना सांग्रिला बैंकका कर्मचारी रहेका छन् । गत २४ घण्टामा ३ सय ५० जनाको स्वाब परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ४ : ३५ बजे

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कालीगण्डकी कोरिडोर : लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ

महिला च्याम्पियन्स लिगमा पिएसजी पराजित, म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौं । महिला च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी)