४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलमा थपिए १४ नयाँ कोरोना संक्रमित, ठेगाना र सम्पर्क नम्बर नटिपाउने संक्रमित बढे



बुटवल । बुटवल उपमहानगरपालिकामा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् । उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शुक्रबार पुष्टि भएका ४ जना संक्रमितको मोबाईल नम्बर नभएको पाईएको छ ।

बुटवलमा संक्रमण पुष्टि भएकाहरुमा वार्ड नम्बर ३ बाट ५ जना, वार्ड नम्बर ४ बाट ३ जना, वार्ड नम्बर ९ बाट ३ जना, वार्ड नम्बर ११ र १२ बाट १।१ जना छन् । १ जनाको बिवरणमा बुटवल लेखिएपनि वार्ड र मोबाईल नम्बर उल्लेख नभएको उपमहानगर स्वास्थ्य शाखाका निमित्त प्रमुख गिता पाण्डेले बताईन् ।

उता स्वास्थ्य कार्यालय रुपन्देहीले पछिल्लो २० घण्टामा रुपन्देहीमा १४ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकलपर्शन केदारनाथ साहले दिएको जानकारी अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा ९ जना, सिद्धार्थनगर नगरपालिकाका ३ जना, समरीमाई र गैडहवा गाँउपालिकाका १।१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ५ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको