१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

विगत सम्झेर रमाउन बाध्य बुटवलका सुनसान चोकहरु, कोरोनाले निलेको नेपाली संस्कृति (फोटो फिचर)




बुटवल । व्यवसायिक, औद्योगिक र जनघनत्वका हिसाबले मात्र बुटवल समृद्ध छैन, बुटवल संस्कृति, कला र सम्पदाका हिसाबले पनि सम्पन्न छ । देशकै कला र संस्कृतिको धनी क्षेत्र मानिने पश्चिम नेपालका पहाडी जिल्लाबाट बसाई सरेर आउनेहरुको बाहुल्यता भएका कारण पनि बुटवल नेपाली कला र संस्कृतिले समृद्ध रहेको छ ।

बसाई सरेर आएको वषौं बितेपनि बुटवलमा बस्दै आएका स्थानीयले लोक कला, लोक भाका र लोक संस्कृतिलाई जीवन्त राखि नै रहेका छन् । समय फेरिँदै जाँदा लोक भाकाका शब्दहरु अवश्य फेरिएका छन् तर लय र संगीत फेरिएको छैन ।

सुरुसुरुमा घरका सासु नन्द अमाजुले गरेको अत्याचार गीतको भाकामा पोखेर मन बुझाउने बुहारी चेलीहरुले पछि राजनीतिक परिवर्तनको एक कालखण्डमा व्यवस्था विरोधी गीत गाउने मञ्चका रुपमा पनि उपयोग गर्दथे तीज पर्वलाई । पछिल्लो समय फेरि राजनीतिप्रति आम मानिसको आकर्षण घट्दै जाँदा माया प्रेमका भाव प्रकट भएका तिजी गीतले प्रश्रय पाएको देखिन्छ ।

नयाँ पुस्ताबाट जन्मेका केहि कलाकारले तीजी गीतलाई रिमिक्स गर्ने नाममा तीजी गीतकै जीवन समाप्त गर्ने प्रयास पनि नगरेका होईनन् । संस्कृतिको आधुनिकरणका नाममा उम्रेका त्यस्ता कलाविहीन संस्कृतिलाई बुटवलले सधैंभर कुरीकुरी नै गर्दैआएको हो । जब बुटवलका चोकहरुमा मादल घन्कन थाल्दथ्यो, दर्शक र स्रोताको आकर्षण डिजे बजाएर उफ्रने कलाबिहीन प्रदर्शन भन्दा मौलिक प्रस्तुतीतर्फै आकर्षित हुने गर्दथ्यो ।

हरेक वर्ष तीज बुटवलका लागि मौलिक कला र संस्कृति प्रदर्शन गर्ने सुन्दर अवसर बनेर आउने गर्दथ्यो । बुटवलका प्रत्येक टोलमा तीज सुरुहुनु पूर्व तीजी गीतका अभ्यास हुन्थे । तीजको दिन बुटवल धपक्क कला र संस्कृतिले छोपिन्थ्यो ।

तीजमा बुटवलका जुन टोल, जुन गल्ली, जुन चौकमा गए पनि मादल घन्कन्थ्यो । रङ्गिविरङ्गी फरियामा सजिएका नेपाली नारीहरु वर्षौदेखि मनमा गुम्सेका भाका समुह बनाएर गुन्जाउँथे ।

तर यस पटकको तीज विगतका वर्षमा जस्तो हुन सकेन । विश्वभर माहामारीको रुप ग्रहण गरेको कोरोनाका कारण बुटवलका चौकहरुमा न त मादल घन्के, न चेलीबेटीको आवाज नै गुन्जियो ।

मध्यान्ह १२ बजेसँगै रातो साडीमा सजिएका महिलाहरुले धपक्कै ढाकिने पुल्चोकको दुर्गा मन्दिर यस वर्ष सुनसान देखियो । सिद्धबाबामा पुजा गरेर बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा तीजी भाका घन्काउने चेलीहरु यस वर्ष निस्किएनन् । विभिन्न संघ संस्थाहरुले ठुलै रकम खर्च गरेर क्याम्पसको चौरमा राख्ने प्रतियोगिता पनि यस वर्ष भएन ।

बुटवलको ट्राफिक चोक, जहाँ तीजका दिन महिलाहरुको मेला जस्तै लाग्दथ्यो । बाटाभरी आइसक्रिम, बरफ र विभिन्न परिकारहरु किनेर खाँदै सडकमा रमाईलो हेर्न हिँड्ने भिडले ट्राफिक ब्यवस्थापन नै अस्तव्यस्त बन्ने गर्दथ्यो । तर यसपटक ती बिगतका वर्षहरुको रौनक सबै कोरोनाले खर्लप्पै निलिदियो । मनभरी सडकमा निस्केर साथीसङ्गीहरुसँग हात समातेर बजार घुम्ने रहर बोकेका किशोर किशोरीहरु घर मै बस्न बाध्य बने ।

बुटवलको देवीनगर चौतारी, जहाँ विगत वर्षहरुमा हजारौं स्थानीयबासी निस्कन्थे । घरघरबाट मादल बोकेर दर्जनौं समुह बनाएर तीजी गीत गाईन्थ्यो । कस्को नाच कति राम्रो रमिता हेर्नेहरुको भीड पनि उत्तिकै हुन्थ्यो । अहं १यस वर्ष देवीनगरको रौनक पनि कोरोनाले निल्यो । हाम्रो कला संस्कृति र मौलिकतामाथि कोरोनाले धावा बोल्यो । कोरोनाको आक्रमणले मन भित्रका कला र संस्कृति मन भित्रै लुकाएर बस्न नेपालीजन बाध्य भए ।

योगीकुटी चौक, कालिकानगरको शिवालय मन्दिर, दिपनगरको हाटबजार सबैसबैतिर तीज रन्कने बुटवल यस वर्ष सुनसान देखियो । कोरोना कहरका कारण स्थानीय तह र सरकारले जारी गरेको निषेधाज्ञाले बुटवल यसवर्ष सुनसान देखियो ।

बुटवलमा पछिल्लो समय डिजे बजाएर तीजी मौलिकता बाहिरको संस्कृति भित्रँदै गरेपनि अधिकांस स्थानमा मादल बजाएर मौलिक प्रस्तुती रहने गर्दथ्यो । ती सबै मौलिकता यस वर्ष कोरोनाले रोकिएपछि बुटवलका सडकहरु पनि यस वर्ष सुनसान जस्तै देखिए । मानौ सडकमा कफ्र्यु छ , मानौ सडकमा हडताल वा चक्का जाम छ । हिजो अस्ती राजमार्गमा हुईंकिने सवारी साधनहरु पनि आज तीजको दिन बुटवलमा निकै कम देखियो ।

सडक सुनसान भएपनि यस वर्ष सामाजिक सञ्जालमा टिकटक र फेसबुक लाईभमा कला देखाउनेहरु भने प्रशस्त बढेका छन् । कोरोनाले बुटवलको मौलिकता, कला र संस्कृतिलाई बारबन्धन मात्र लगाएको छैन, तीजकै दिनमा भए पनि नेपाली परम्परा र संस्कति हेरेर सिक्न चाहने नयाँ पुस्तालाई त्यो अवसरबाट समेत वन्चित बनाएको छ ।

अन्त्यमा यसपटकको तीज यस्तै त होला भन्दै हाम्रो कोशेली पाठकका लागि ।

हुनेले त भित्रै बसी मिठो मिठो खा होलान्
ज्यालादारी मजदुरहरु भोकै भा होलान्

यु ट्युव र फेसबुकमा नाचीनाची ढल्केका
गरिबलाई भोकै राखी खान पल्केका

के को रोग के को शोक धनिलाई त चाडै चाड
गरिवलाई दुनियामा छैन एक छाक माड

अब सबै समान हुन्छ भन्थे जुलुस लाउने ले
फकाई फकाई भोट माग्न घर धाउने ले

तीनका घर मासु भात जहिले पनि दर छन्
गरिवलाई हातमुख जोड्न कामको भर छन्

कोरोनाले रोजी खोस्यो के को तीज मान्नु छ
आज के खाउँ भोली के खाउँ जिवन धान्नु छ

 

 

 

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ५ : २९ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध