१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

भदौ १६ देखि हवाई उडान सुचारु, तर छैन सबै देशलाई छुट



काठमाडौं । सरकारले पीसीआर परीक्षण सहज भएका देशबाट सशर्त हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले भदौ १६ गतेबाट अन्तराष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको हो ।

चीन, हङकङ, थाइल्यान्ड, मलेसिया, यूएई, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न सरकारले अनुमति दिएको हो।

उडानको तालिका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण गर्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

दैनिक ५०० यात्रु मात्र नेपाल ल्याइने पनि खतिवडाले बताए । यस्तो उडानबाट नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् । तर, उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।

उनीहरु काठमाडौं आएपछि आफ्नै खर्चमा सातदिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आएमा सबैलाई क्वारेन्टिनमा राखिने खतिवडाले स्पष्ट पारे । त्यसको सबै खर्च सम्बन्धित विमान कम्पनीले व्यहोर्नुपर्ने छ ।

उपत्यकामा क्वारेन्टिन व्यवस्थापन समिति

यस्तै, सरकारले काठमाडौं उपत्यकामा एकीकृत क्‍वारेन्टाइन व्यवस्थापन समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को  बैठकले गृहमन्त्रालयका सचिवको संयोजकत्वमा एकीकृत क्‍वारेन्टाइन व्यवस्थापन समिति गठन गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सरकारले समिति गठन गरिएको जानकारी दिए ।

समितिका अन्य सदस्यहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च तहका कर्मचारी, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तोकिएका सहसचिव, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकाय राजपत्रांकित प्रथम श्रेणीका पदाधिकारीहरू रहने छन् ।

क्‍वारेन्टाइन व्यवस्थापन समितिको सदस्य सचिव भने गृहमन्त्रालयकै सहसचिव रहने मन्त्री खतिवडाले जनाए । क्वारेन्टाइन रहने स्थलका स्थानीय तहका प्रमुखले तोकेका प्रतिनिधि समेत समितिको सदस्य रहने छन् ।

समितिले उपत्यकाका तीनवटै जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा काम गर्नेछ ।

सो समितिले क्वारेन्टाइन स्थलको पहिचान, सञ्‍चालन र व्यवस्थापन गर्ने र क्‍वारेन्टाइन निर्माण, मर्मत तथा अत्यावश्यक तयारी सहरी विकास तथा भवन निर्माण विभागमार्फत गर्नु पर्नेछ ।

त्यस्तै क्‍वारेन्टाइनस्थलको सुरक्षा नेपाली सेनाले गर्ने, अन्य सुरक्षा निकायले स्वास्थ्य मापदण्ड क्‍वारेन्टाइनमा पालना भए÷नभएको रेखदेख र अनुगमन गर्नुपर्ने छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ६ : ४९ बजे

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत