४ असार २०८२, बुधबार | June 18, 2025

सेभिल्लाले चुम्यो छैटौँ पटक युरोपा लिगको उपाधि



एजेन्सी । स्पेनिस क्लब सेभिल्लाले कीर्तिमानी छैटौँ पटक युरोपा लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलार्य ३–२ ले पराजित गरेर सेभिल्लाले उपाधि जितेको हो ।

सेभिल्लाका लागि लूक डी जोङ्गले दुई गोल गरे भने इन्टर मिलानका रामेलु लुकाकुले एक आत्मघाती गोल गरे। इन्टर मिलानका लागि लुकाकु र डिएगो गोडिनले गोल गरेका हुन् । सेभिल्लाका डिफेन्डर डिएगो कार्लोसले रामेलु लुकाकुलाई फउल गरेपछि इन्टर मिलानले पाएको पेनाल्टीमा पाँचौँ मिनेटमा लुकाकुले गोल गरे ।

त्यसपछि डी जोङ्गले सेभिल्लाका लागि १२ र ३३ औँ मिनेटमा गरी दुई गोल गरे । ३५ औँ मिनेटमा गोडिनले गोल गरी इन्टर मिलानलाई खेलमा बराबरीको अवस्थामा ल्याए । तर ७४ औँ मिनेटमा लुकाकुले आत्मघाती गोल गरी सेभिल्लालाई जिताए । डिएगो कार्लोसको बाइसाइकल किकलाई जोगाउने क्रममा लुकाकुले आफ्नै पोस्टमा गोल गरेका हुन् ।

लुकाकुको आत्मघाती गोलले सेभिल्लालाई कीर्तिमानी छैटौँ पटक युरोपा लिगको उपाधि दिलायो । सेभिल्लाले युरोपा लिगमा अहिलेसम्म खेलेका सबै ६ फाइनलमा जित हाँसिल गरेको छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ६ : ५१ बजे

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक

त्रिदेशीय टी-२० सिरिज : नेपालद्वारा स्कटल्याण्डलाई २ विकेटले पराजित

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले

विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा

काठमाडौँ । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको