३ आश्विन २०८३, शनिबार | September 19, 2026

सेभिल्लाले चुम्यो छैटौँ पटक युरोपा लिगको उपाधि



एजेन्सी । स्पेनिस क्लब सेभिल्लाले कीर्तिमानी छैटौँ पटक युरोपा लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलार्य ३–२ ले पराजित गरेर सेभिल्लाले उपाधि जितेको हो ।

सेभिल्लाका लागि लूक डी जोङ्गले दुई गोल गरे भने इन्टर मिलानका रामेलु लुकाकुले एक आत्मघाती गोल गरे। इन्टर मिलानका लागि लुकाकु र डिएगो गोडिनले गोल गरेका हुन् । सेभिल्लाका डिफेन्डर डिएगो कार्लोसले रामेलु लुकाकुलाई फउल गरेपछि इन्टर मिलानले पाएको पेनाल्टीमा पाँचौँ मिनेटमा लुकाकुले गोल गरे ।

त्यसपछि डी जोङ्गले सेभिल्लाका लागि १२ र ३३ औँ मिनेटमा गरी दुई गोल गरे । ३५ औँ मिनेटमा गोडिनले गोल गरी इन्टर मिलानलाई खेलमा बराबरीको अवस्थामा ल्याए । तर ७४ औँ मिनेटमा लुकाकुले आत्मघाती गोल गरी सेभिल्लालाई जिताए । डिएगो कार्लोसको बाइसाइकल किकलाई जोगाउने क्रममा लुकाकुले आफ्नै पोस्टमा गोल गरेका हुन् ।

लुकाकुको आत्मघाती गोलले सेभिल्लालाई कीर्तिमानी छैटौँ पटक युरोपा लिगको उपाधि दिलायो । सेभिल्लाले युरोपा लिगमा अहिलेसम्म खेलेका सबै ६ फाइनलमा जित हाँसिल गरेको छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ६ : ५१ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको