२२ चैत्र २०८२, आइतबार | April 6, 2026

पहिलो पटक नेपालले नाप्यो सगरमाथाको उचाइ, घोषणा गर्न चीनसँग समन्वय हुँदै



काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो ।

सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव डंगोलले भने । चीनसँग संयुक्त रूपमा उचाइ घोषणा गरिने उनको भनाइ छ । उनले नयाँ उचाइ कति भनेर खुलाएनन् । नापी विभागले असार मसान्तभित्र अन्तर्राष्ट्रिय कार्यशाला गरी उचाइ घोषणा गर्ने तयारी गरेको थियो ।

तर, लकडाउनका कारण तथ्यांक प्रशोधन प्रभावित भयो । अब भने प्रशोधनसहित सम्पूर्ण काम सकिएको संयोजक डंगोलको भनाइ छ । ‘लकडाउनका सुरुआती दिनमा काम केही प्रभावित भयो तर अहिले सकेका छौ’, उनले भने, ‘चीनसँग संयुक्त रूपमा घोषणा गर्ने सहमतिले गर्दा केही समय लेला ।’ चीनका तर्फबाट पनि मापनको काम भइरहेको उनले बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा दुवै देशका राष्ट्रप्रमुखको संयुक्त वक्तव्यमा सगरमाथाको उचाइ घोषणा संयुक्त रूपमा गर्ने उल्लेख थियो । चिनियाँ राष्ट्रपति चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको संयुक्त वक्तव्य सन् २०१९ अक्टोबर १३ मा आएको थियो ।

वक्तव्यको बुँदा नम्बर ८ मा लेखिएको छ, ‘सगरमाथा÷चोमोलङमा नेपाल र चीनको मित्रताको प्रतीक हो भन्ने मान्यतालाई स्वीकार गर्दै दुवै पक्षले जलवायु परिवर्तनलाई सम्बोधन गर्ने र वातावरण संरक्षणलगायत विभिन्न क्षेत्रमा सहयोग बढावा दिनेछन् । संयुक्त रूपमा सगरमाथा÷ चोमोलङमाको उचाइ घोषणा गर्नेछ र वैज्ञानिक अनुसन्धान गर्नेछ ।’

डंगोलका अनुसार सन् २०१८ फेब्रुअरीमा सगरमाथाको उचाइ मापनको फिल्ड वर्क सुरु भएको थियो । उक्त काम डिसेम्बरमा सकिएको थियो । प्रमुख नापी अधिकृत खेमलाल गौतम र नापी अधिकृत रविन कार्कीले २०१९ मे २२ मा सगरमाथाको उचाइ पुगेर जीएनएसएस सर्वेक्षण गरेका थिए । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल आधार शिविरसम्म पुगेकी थिइन् ।

डंगोलका अनुसार सगरमाथा उचाइ मापन गर्न जियोइड प्रतिपादन भूआकर्षण बिन्दु आवश्यक पर्छ । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगाका विभिन्न स्थानमा गरी ४८ बिन्दुको मोनुमेन्टसन गरिएको छ । १०२ बिन्दुमा जीएनएसएस सर्भेक्षण गरिएको छ । सिरहाको मदारबाट सोलुखुम्बुको पतालेसम्म ४९ बिन्दुको लेभलिङ रुटमा जीएनएसएस सर्भेक्षण भएको छ ।

‘चीनतर्फ पनि सगरमाथा उचाइको मापन गरिरहेको छ । ‘चीनसँग सगै घोषणा गर्ने कुराले केही समय लाग्ने देखिएको छ’, मन्त्रालय स्रोतले भन्यो । नापी विभागका पूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठले सगरमाथा नेपालको भएकाले उचाइ घोषणा आफैले गर्नु उत्तम हुने बताए । यद्यपि, दुई मुलुकका राष्ट्रपति बसेर संयुक्त रूपमा घोषणा गर्दा पनि फरक नपर्ने उनको तर्क छ ।

‘हाम्रो सगरमाथाको उचाइ हामीले घोषणा गर्नु सबैभन्दा राम्रो हो । तर, दुई देशका राष्ट्र प्रमुखले सँगै घोषणा गर्ने भनेर सहमति गरिसकेका छन्’, उनले भने, ‘कि त त्यो सहमति नै गर्नु हुँदैन्थ्यो अब गरेपछि अब मिलेर गर्नुपर्छ ।’ उनका अनुसार उचाइ फरक–फरक आए घोषणामा ढिलाइ हुनेछ । ‘दुवै पक्षको मिल्यो भने त छिटै घोषणा होला ।

उता काम धमाधाम भइरहेको सुनिएको छ । फरक आयो भने के के कारणले फरक आयो भनेर मिलाउन अलि समय लाग्छ’, उनले भने । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ७ : २८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको