१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

वीपी प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु



धरान । सुनसरीको धरामा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान उपमहानगरपालिका वडा नं. १५ का ६७ वर्षीय संक्रमितको शनिबार मृत्यु भएको हो ।

साउन २७ गते कोरोना पुष्टि भएपछि उनी वीपी प्रतिष्ठानमा उपचाररत थिए । उनलाई शुक्रबार मात्रै प्लाज्मा थेरापी गरिएको थियो । तर शनिबार मध्यान्न १२ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

संक्रमितको स्वास्थ्य गम्भिर भएपछि प्लाज्मा थेरापीबाट उपचारको प्रयास गरे पनि बचाउन नसकेको छ सापकोटाले जनाए ।

कोरोना संक्रमणका कारण धरान उपमहानगरभित्र यसअघि एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ३ : ३१ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा