५ पुस २०८२, शनिबार | December 20, 2025

नेकपा विवाद समाधान कार्यदलको सर्वसम्मत प्रतिवेदन अध्यक्षद्वयलाई हस्तान्तरण



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा साउन ३० गते गठन भएको कार्यदलले तयार पारेको सर्वसम्मत प्रतिवेदन शनिबार बुझाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थित अध्यक्षद्वयलाई कार्यदलका सबैसदस्यहरुको उपस्थितिमा संयोजक पौडेलले बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । कार्यदलले एकसातामै प्रतिवेदन तयार पारेर बुझाएको छ ।

नेकपामा शिर्ष नेतृत्वबीच पार्टीमा गम्भीर प्रकारको अन्तरविरोध पैदाभएर पार्टी फुटकै अवस्थामा पुगेपछि लामो समयको छलफलपश्चात अध्यक्षद्वय कार्यदल बनाएर समस्या र समाधानको खोजी गर्ने निस्कर्षमा पुगेका थिए ।

कार्यदललाई पछि नेकपाको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ५ : ५० बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य