१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

‘डार्क मुन’ सार्वजनिक



काठमाडौं । छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्, त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् ।

साहिल खान चलचित्र उद्योगका सर्वाधिक डिमाण्डेड ट्रेलर मेकर हुन् । सुर्या केहि चलचित्रमा अभिनेत्रीको भुमिकामा काम गरिसकेकी छिन् भने क्रिजन गौतम नेपाली चलचित्र उद्योगका स्थापित वालकलाकार हुन् ।

सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको छ । एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ रु यसमा मनछुने तरिकाले देखाउन खोजिएको छ ।

निर्देशक ज्ञवाली भन्छन्, –‘यो समाजको यथार्थ तस्वीर हो । जुन भिडियोबाट देखाउन खोजिएको छ । यो हेरिसकेपछि हरेक आमाबुवाले के सोचिदिनुपर्छ भने, आफ्ना सन्तान आफ्नै कारण घरवारविहिन नहुन् । आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने शन्देश दिनु यसको उद्धेश्य हो ।’ चलचित्रमा आमाको मात्रै दोष देखाइएको छ भन्ने प्रश्नमा ज्ञवाली थप्छन्, ‘वास्तबमै आमा हरेक सन्तानका लागि महान् हुन्, आमा नभएको परिवारका धेरैजसो सन्तानले दुःख पाएका छन् ।

4सन्तानप्रति आमाले जत्तिको जिम्मेवारी कमै बाबुले गर्छन् ।’ सडक बालबालिकाहरुको कुरा सुन्दै गर्दा अधिकांशले आमा पोइला गएकाले अथवा अर्कै आमाको माया नपाएका कारण आफु घर छाडेको प्रतिक्रिया दिएका छन्, ज्ञवाली थप्छन्, ‘घटनालाई काल्पनिक रुपमा प्रस्तुत गरिएको छ, आशा छ दर्शकले यसलाई सहर्ष स्विकार गरिदिनुहुनेछ ।’

डार्क मुनको कथा नेपाली चलचित्र उद्योगका सफल चलचित्र लेखक प्रदीप भारद्धाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ ।

चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो । द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो चलचित्र सार्वजनिक गरिएको छ ।
हिजो शुक्रवार मात्रै यसको टिजर सार्वजनिक गरिएको थियो । टिजरले दर्शकप्रति उत्सुकता जगाएको थियो ।

‘डार्क मुन’ निर्देशक रामजीले यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका थिए । जसलाई दर्शकले रुचाएका थिए ।

https://youtu.be/C7T94cRTjhM

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ८ : २४ बजे

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी