२५ असार २०८३, बिहिबार | July 9, 2026

आज पनि बाँकेबाट १४ संक्रमित डिस्चार्ज, २ जना डाक्टर, १ नर्स ४ प्रहरी सहित १४ जना कोरोना मुक्त



नेपालगन्ज । बाँकेको बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका १४ जना कोरोना संक्रमितहरु कोरोना मुक्त भएर आज घर फर्केका छन् । सोमबार घर फर्कनेहरुमा डाक्टर, नर्स र प्रहरी सहित १४ जना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका दुई जना डाक्टर, एक जना नर्स र वडा प्रहरी कार्यालयका चार प्रहरी सहित १४ जना डिस्चार्ज भएका हुन् ।

श्रेष्ठका अनुसार वडा प्रहरी कार्यालयको आइसोलेसनबाट ४ जना, खुल्ला कारागार आइसोलेसनबाट १ जना, कृषि तालिम केन्द्र आइसोलेसनबाट १ जना, खजुरा क्यान्सर अस्पतालबाट २ जना आज डिस्चार्ज हुँदै छन् । त्यसैगरि आइसोलेसन सेण्टर डुडुवाबाट २ जना, मेडिकल कलेज चिसापानीबाट ३ जना र भेरी अस्पतालबाट १ जना आज डिस्चार्ज र्भका छन् ।

श्रावण २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार सुरु गरीएको थियो । आईसोलेशनमा १४ दिन सम्म कोरोना सम्बन्धि कुनै लक्षण नदेखीएका ब्यक्तिहरुलाई मात्र डिस्चार्ज गर्न लागिएको श्रेष्ठले बताए ।

बाँकेमा हालसम्म जिल्लाका ८ सय २९ र अन्य जिल्लाका ४ गरी ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये, ४ जनाको मृत्यु भइसकेको छ । आज हुने डिस्चार्ज समेत गरी कुल ६ सय २८ जना संक्रमित निको भइसकेका छन भने अब विभिन्न आइसोलेसनमा १ सय ९७ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ११ : ३४ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको