१९ बैशाख २०८१, बुधबार | May 1, 2024

आज पनि बाँकेबाट १४ संक्रमित डिस्चार्ज, २ जना डाक्टर, १ नर्स ४ प्रहरी सहित १४ जना कोरोना मुक्त



नेपालगन्ज । बाँकेको बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका १४ जना कोरोना संक्रमितहरु कोरोना मुक्त भएर आज घर फर्केका छन् । सोमबार घर फर्कनेहरुमा डाक्टर, नर्स र प्रहरी सहित १४ जना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका दुई जना डाक्टर, एक जना नर्स र वडा प्रहरी कार्यालयका चार प्रहरी सहित १४ जना डिस्चार्ज भएका हुन् ।

श्रेष्ठका अनुसार वडा प्रहरी कार्यालयको आइसोलेसनबाट ४ जना, खुल्ला कारागार आइसोलेसनबाट १ जना, कृषि तालिम केन्द्र आइसोलेसनबाट १ जना, खजुरा क्यान्सर अस्पतालबाट २ जना आज डिस्चार्ज हुँदै छन् । त्यसैगरि आइसोलेसन सेण्टर डुडुवाबाट २ जना, मेडिकल कलेज चिसापानीबाट ३ जना र भेरी अस्पतालबाट १ जना आज डिस्चार्ज र्भका छन् ।

श्रावण २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार सुरु गरीएको थियो । आईसोलेशनमा १४ दिन सम्म कोरोना सम्बन्धि कुनै लक्षण नदेखीएका ब्यक्तिहरुलाई मात्र डिस्चार्ज गर्न लागिएको श्रेष्ठले बताए ।

बाँकेमा हालसम्म जिल्लाका ८ सय २९ र अन्य जिल्लाका ४ गरी ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये, ४ जनाको मृत्यु भइसकेको छ । आज हुने डिस्चार्ज समेत गरी कुल ६ सय २८ जना संक्रमित निको भइसकेका छन भने अब विभिन्न आइसोलेसनमा १ सय ९७ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ११ : ३४ बजे

आज नेपाल र वेस्ट इन्डिज ए बीच तेस्रो खेल हुँदै

काठमाडौं । पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको

आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा हावाहुरीको संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७