१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पाँचौ चरणको उद्धार उडान आजदेखि हुने



काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौं १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिएपनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो ।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सवत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको वैठकले उद्धार उडानका साथै पिसीआर सहज भएका मुलुकबाट निश्चित शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको थियो । नियमित उडान भने भदौ १६ देखि हुनेछ । त्यसअघि उद्धार उडान सुरु हुन लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि हुने उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका सह-प्रवक्ता राजन पौडेलले उद्धार उडानको समायोजित तालिका बनाइएको जानकारी दिए । उडान तालिका अनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउनेछ ।

बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउने जनाइएको छ । यस्तै नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको उडान तालिका बिहीबार मात्र छ । त्यस दिन नेपाल एयरलाइन्सले रियाद र हिमालयले दमामबाट यात्रु काठमाडौं ल्याउने छ ।

सोही दिन यूरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका तय गरिएको छ । एयरलाइन्सले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको समन्वय र सहकार्यमा मात्रै यात्रु नेपाल ल्याउन पाउनेछन् ।

नेपाल आउने सबै यात्रुको अनिवार्य पिसीआर रिर्पोट हुनुपर्नेछ । सबै यात्रुले अनिवार्य सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने र खर्च उनीहरुलेनै बेहोर्नुपर्नेछ ।

टर्किस र कतार एयरले एक उडानमा मात्र सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले बनाएको उडान तालिकामा उल्लेख छ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरण अनुसार भदौं ७ गतेसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५२ हजार २ सय ५१ रहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ६ : २० बजे

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका