५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बारामा कोरोना संक्रमितको उपचारमा हेलचेक्राईं



बारा । बारामा कोरोना पोजेटिभसँग हेलचेक्राई गरिएको खबर प्राप्त भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ का प्रदिप गुप्ता (नाम परिवर्तित) लाई कोरोना पोजेटिभ भएपछि चेकजाँचमा हेलचेक्राईं गरिएको छ ।

चितवन मेडिकल कलेजबाट उनको रिपोर्ट पोजेटिभ आएपछि उनी उपचारको लागि गाउँपालिका अध्यक्षलाई गुहारेका थिए । गाउँपालिका अध्यक्षले बेवास्ता नगरेपछि उनी जिल्ला प्रशासन कार्यलय धाएका थिए ।

पछि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको समन्वयमा पर्सा जिल्लाको अस्थाई कोभिड अस्पताल विरगंज हेल्थ केयरमा उपचारको लागि पठाइयो । तर विरगज हेल्थ केयरले बाराको कोरोना पोजेटिलाई उपचार गर्न नमानेपछि गुप्ता फेरी अन्यौलमा परे ।

फेरी गाउँपालिका अध्यक्षलाई पीडित परिवारले गुहार गरेपछि गाउँपालिका अध्यक्षले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी बाराको कलैया उपमाहनगरपालिका वडा नम्वर ३ गंगापुरमा अस्थाई रुपमा बनाईएको क्वारेन्टाइनमा पठाइयो ।

दुर्भाग्यवस गंगापुर अस्थाई क्वारेनटाइनमा पनि उपचारको लागि नलिएपछि बेसाहारा गरिब गुप्ता परिवार बिच्चलीमा परेका छन् । सरकारले करोडौं बजेट कोरोनाको नाममा ब्रहमलुट गरे पनि आम गरिब समुदायमा अहिलेसम्म सरकारको कोरोनाको बजेटको अनुभुति गर्न सकेका छैनन् ।

एउटा उदाहारण मात्र हो महागढिमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले पनि केहि दिन पहिला आफनो नगरपालिकाको कोरोना चेकजाँच गर्न पठाउदा बाराको विरामीको चेक नगर्ने भनेर फर्काइएको नगरप्रमुख यादवले आरोप लगाएका छन् ।

प्रदेश नम्बर २ अन्र्तगत रहेको एक मात्र नारायणी उपक्षेत्रिय अस्पतालले आफ्नो जिल्लाको संक्रमितको पिसिआर मात्र चेकजाँच गर्ने भनी अरु स्थानीय तहबाट आएको स्वाब चेकजाँच नै नगरी फिर्ता पठाएको प्रति नगरप्रमुखले खेद प्रकट गरेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ६ : ४४ बजे

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने