७ आश्विन २०८३, बुधबार | September 23, 2026

पूर्वी नवलपरासीमा भाद्र १४ सम्मका लागि निषेधाज्ञा थप



कावासोती । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले भाद्र १४ गते सम्मका लागि जारी निषेधाज्ञा थप गरेको छ । समुदायमा देखिएको कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको समय थप गरेको हो ।

सङ्क्रमण फैलिन नदिन जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आदेश जारी गर्दै भाद्र ९ गते राति १२ बजेबाट भाद्र १४ गते राति १२ बजेसम्म तोकिएका अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु सञ्चालन गर्न निषेध गरेको जनाएका छन् ।

खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभा जुलूस गर्न, जात्रा महोत्सव, दैनिक नित्य पूजा बाहेकका धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, होटल– रेष्टुरेन्ट सञ्चालन गर्न र निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न निषेध जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

यसैगरी सबै प्रकारका उद्योग व्यापार, व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप गर्न, धार्मिक, सांस्कृतिक कार्यका लागि जमघट गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखानासमेत सञ्चालनमा निषेध गरिएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनुका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने गरी भदौ १४ गतेसम्म अत्यावश्यक सेवालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी आनन्द शर्मा भुसालले बताए ।

जिल्लाभर लागू हुने गरी सङ्क्रमक रोग ऐन २०२० को दफा २ बमोजिम आदेश जारी गरिएको सुचना अधिकारी भुसालले जनाए ।

नवलपुरका ३ सय ९९ संक्रमितमध्ये ३ सय ३८ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । बाँकी संक्रमितको उपचार भैरहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ३ : ०८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई