१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रुपन्देहीमा पछिल्लो २४ घन्टामा ६९ जना सक्रमित पुष्टि, बुटवलमा १८ जना नया थपिए



बुटवल । बिगत २ दिन ओरोलो लागेको रुपन्देहीको कोरानोको ग्राफ मंगलबार फेरी उकालो लागेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ । आज साझ ५ बजे सम्मको तथ्यांकअनुसार सम्म रुपन्देहीका ९ पालिकाका ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकामा १८ जना कोरोना सक्रमित पुष्टि भएको छ ।

त्यस्तै सिद्धार्थनगरमा ९ जना, शुद्धोधनमा २ जना, कञ्चन गाउपालिकामा २३ जना, मायादेवीमा ७ जना, देवदह नगरपालिकामा २ जना, ओमसतियामा १ जना, सम्मरीमाईमा ३ जना र सियारीमा ४ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार २६ महिला र ४३ पुरुषमा संक्रमण पुष्टि भएको शाहले जानकारी दिए ।

जिल्लाको समग्र संक्रमित मध्ये बुटवल उपमहानगरपालिकामा सबै भन्दा धेरै १८२ जनामा संक्रमण भएको छ । त्यस्तै सिद्धार्थ नगरपालिकामा ९८ जना, तिलोत्तमा नगरपालिकामा ७४ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६१ जना, कञ्चन गाउपालिकामा ५० जना, सैनामैना नगरपालिकामा ४४ जना, सम्मरीमाईमा ३२, देवदह नगरपालिकामा ३० जना, मायादेवीमा ३० जना, गैडहवामा २७ जना, कोटहीमाईमा २७ जना, सियारीमा २२ जना, शुद्धोधनमा १८ जना, रोहिणीमा १५ जना, मर्चवारीमा १५ जना, ओमसतियामा १० जना र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ ।

 

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ६ : २२ बजे

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच