१७ बैशाख २०८२, बुधबार | April 30, 2025

रुपन्देहीमा पछिल्लो २४ घन्टामा ६९ जना सक्रमित पुष्टि, बुटवलमा १८ जना नया थपिए



बुटवल । बिगत २ दिन ओरोलो लागेको रुपन्देहीको कोरानोको ग्राफ मंगलबार फेरी उकालो लागेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ । आज साझ ५ बजे सम्मको तथ्यांकअनुसार सम्म रुपन्देहीका ९ पालिकाका ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकामा १८ जना कोरोना सक्रमित पुष्टि भएको छ ।

त्यस्तै सिद्धार्थनगरमा ९ जना, शुद्धोधनमा २ जना, कञ्चन गाउपालिकामा २३ जना, मायादेवीमा ७ जना, देवदह नगरपालिकामा २ जना, ओमसतियामा १ जना, सम्मरीमाईमा ३ जना र सियारीमा ४ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार २६ महिला र ४३ पुरुषमा संक्रमण पुष्टि भएको शाहले जानकारी दिए ।

जिल्लाको समग्र संक्रमित मध्ये बुटवल उपमहानगरपालिकामा सबै भन्दा धेरै १८२ जनामा संक्रमण भएको छ । त्यस्तै सिद्धार्थ नगरपालिकामा ९८ जना, तिलोत्तमा नगरपालिकामा ७४ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६१ जना, कञ्चन गाउपालिकामा ५० जना, सैनामैना नगरपालिकामा ४४ जना, सम्मरीमाईमा ३२, देवदह नगरपालिकामा ३० जना, मायादेवीमा ३० जना, गैडहवामा २७ जना, कोटहीमाईमा २७ जना, सियारीमा २२ जना, शुद्धोधनमा १८ जना, रोहिणीमा १५ जना, मर्चवारीमा १५ जना, ओमसतियामा १० जना र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ ।

 

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ६ : २२ बजे

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न

राजतन्त्र अब कहिल्यै फर्किंदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने