२५ असार २०८३, बिहिबार | July 9, 2026

भेरी अस्पताललाई कोरोना बिषेश अस्पताल बनाउन नेपालगन्ज च्याम्बरबाट ५ लाख ५१ हजार हस्तान्तरण



नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पताललाई कोभिड–१९ बिषेश अस्पताल निर्माणको लागि जनस्तरबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । जनस्तरबाट सहयोगको आह्वान गरिएसँगै मंगलबार नेपालगञ्ज उद्योग वाणिज्य संघले अस्पताल निर्माणका लागि ५ लाख ५१ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रमका बिच संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिड बिशेष अस्पतालका निर्माण समितिका संयोजक डा. श्यामसुन्दर यादवलाई चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष मन्सुरीले सामाजिक उत्तरदायित्व बहन गर्दै संघले आर्थिक सहयोग गरेको बताए । उनले आर्थिक सहयोगका लागि अगाडी सरेका उद्योगी, व्यवसायीलाई संघका तर्फबाट बिशेष धन्यवाद प्रकट गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बाँकेमा कोरोना संकट समाधानमा निजीक्षेत्रको महत्वपूर्ण भूमिका निभाएको भन्दै ब्यवसायीहरुको प्रशंसा गरे

कोभिड बिशेष अस्पतालका संयोजक डा. यावदले अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिदै उनले प्राप्त आर्थिक सहयोगको सही सदुपयोग हुनेमा ढुक्क रहन आग्रह गरेका थिए ।

प्रजिअ कुरुम्वाङको सक्रियतामा बाँकेका कर्मचारीहरुले यस अघि नै २५ लाख सहयोग जुटाएका छन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ८ : ०७ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’