६ बैशाख २०८१, बिहिबार | April 18, 2024

भेरी अस्पताललाई कोरोना बिषेश अस्पताल बनाउन नेपालगन्ज च्याम्बरबाट ५ लाख ५१ हजार हस्तान्तरण



नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पताललाई कोभिड–१९ बिषेश अस्पताल निर्माणको लागि जनस्तरबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । जनस्तरबाट सहयोगको आह्वान गरिएसँगै मंगलबार नेपालगञ्ज उद्योग वाणिज्य संघले अस्पताल निर्माणका लागि ५ लाख ५१ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रमका बिच संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिड बिशेष अस्पतालका निर्माण समितिका संयोजक डा. श्यामसुन्दर यादवलाई चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष मन्सुरीले सामाजिक उत्तरदायित्व बहन गर्दै संघले आर्थिक सहयोग गरेको बताए । उनले आर्थिक सहयोगका लागि अगाडी सरेका उद्योगी, व्यवसायीलाई संघका तर्फबाट बिशेष धन्यवाद प्रकट गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बाँकेमा कोरोना संकट समाधानमा निजीक्षेत्रको महत्वपूर्ण भूमिका निभाएको भन्दै ब्यवसायीहरुको प्रशंसा गरे

कोभिड बिशेष अस्पतालका संयोजक डा. यावदले अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिदै उनले प्राप्त आर्थिक सहयोगको सही सदुपयोग हुनेमा ढुक्क रहन आग्रह गरेका थिए ।

प्रजिअ कुरुम्वाङको सक्रियतामा बाँकेका कर्मचारीहरुले यस अघि नै २५ लाख सहयोग जुटाएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ८ : ०७ बजे

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल