१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

भक्तपुरकी कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु



काठमाडौं । भक्तपुरको सूर्यविनायककी कोरोना संक्रमित एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ दोकाचाकाकी ५३ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

ती महिलालाई गतसाता मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । विगतदेखि नै थाइराइडको समस्या रहेकी ती महिलामा पछिल्लो समय स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

थाइराइडकै उपचारकका लागि अस्पताल पुगेकी ती महिलालाई त्यहीँ कोरोना भाइरस सरेको हुनसक्ने सूर्यविनायक नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष किरण थापाले बताएका छन् ।

मंगलबार दिउँसो मात्रै उनको परिवारका सात जना सदस्यको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १० : ५३ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला