१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

काठमाडौं उपत्यकामा थपिए ३०१ जना संक्रमित, काठमाडौंमा मात्रै २३० जना



काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ३0१ * जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै २३० जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी ललितपुरमा ४७ जना र भक्तपुरमा २४ जना संक्रमित थपिएका छन् ।

घना वस्ती भएको उपत्यकामा कोरोना भाइरस समुदायस्तरमा फैलिएपछि विगत एक सातादेखि उपत्यकामा निषेधाज्ञा जारी छ । यो निषेधाज्ञा आामामी भदौ १७ गतेसम्म लम्ब्याइएको छ ।

निषेधाज्ञाकै बीचमा समेत संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै जाँदा उपत्यकाबासीमा झन बढी चिन्ता थपिएको छ ।

सरकारले निषेधाज्ञा मात्र लगाउने, कन्ट्रयाक्ट ट्रेसिङलाई व्यापक बनाउन नसक्नु, आइसोलेसन केन्द्रहरु थप्न नसक्नु तथा जनस्तरबाट समेत कोरोना संक्रमण बढ्दै गर्दा निषेधाज्ञालाई अवज्ञा गर्ने प्रवृत्तिकै कुल योग संक्रमण दर बढेको जनस्वास्थ्यविद्हरुले विश्लेषण गरेका छन् ।

* काठमाडौं उपत्यकामा ३०१ संक्रमित हुनुपर्नेमा यसअघि ३३१ भएकोमा भुल सुधार गरेका छौं

 

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ४ : ३७ बजे

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान