४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौं उपत्यकामा थपिए ३०१ जना संक्रमित, काठमाडौंमा मात्रै २३० जना



काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ३0१ * जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै २३० जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी ललितपुरमा ४७ जना र भक्तपुरमा २४ जना संक्रमित थपिएका छन् ।

घना वस्ती भएको उपत्यकामा कोरोना भाइरस समुदायस्तरमा फैलिएपछि विगत एक सातादेखि उपत्यकामा निषेधाज्ञा जारी छ । यो निषेधाज्ञा आामामी भदौ १७ गतेसम्म लम्ब्याइएको छ ।

निषेधाज्ञाकै बीचमा समेत संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै जाँदा उपत्यकाबासीमा झन बढी चिन्ता थपिएको छ ।

सरकारले निषेधाज्ञा मात्र लगाउने, कन्ट्रयाक्ट ट्रेसिङलाई व्यापक बनाउन नसक्नु, आइसोलेसन केन्द्रहरु थप्न नसक्नु तथा जनस्तरबाट समेत कोरोना संक्रमण बढ्दै गर्दा निषेधाज्ञालाई अवज्ञा गर्ने प्रवृत्तिकै कुल योग संक्रमण दर बढेको जनस्वास्थ्यविद्हरुले विश्लेषण गरेका छन् ।

* काठमाडौं उपत्यकामा ३०१ संक्रमित हुनुपर्नेमा यसअघि ३३१ भएकोमा भुल सुधार गरेका छौं

 

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ४ : ३७ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१